सिन्धुपाल्चोकमामा सैन्यदस्ता बनाउँदै ड्यास माओवादी

काठमाण्डु टुडे २०७० भदौ २४ गते ८:११ मा प्रकाशित

आसन्न संविधानसभा निर्वाचन बिथोल्ने भन्दै नेकपा ड्यास माओवादीले जिल्ला–जिल्लामा सैन्य दर्ता बनाउन सुरु गरेको छ । मंसिर ४ को निर्वाचनले देशलाई थप संकटतर्फ धकेल्ने विश्लेषण गरेको माओवादीले जिल्लाको तीनै निर्वाचन क्षेत्रमा चुनाव बिथोल्न दस्ता बनाउन सुरु गरेको हो ।
आपूmहरुको मोर्चाले राखेका गोलमेच सम्मेलन, सर्वदलीय राष्ट्रिय सरकारलगायतका मागप्रति प्रमुख चार दल गम्भीर नभएको आरोप लगाउँदै हातहतियारसहितको सैन्य फोर्स तयार गरिरहेको बुझिएको छ ।
करिब महिना दिनअघि चितवनबाट सैन्य तालिम लिएर जिल्ला फर्किएको समूहले अहिले जिल्लाको उच्च हिमाली गाउँमा युवायुवती भेला गरी सैन्य तालिम दिँदै आएको छ । सो सैन्य तालिममा सिन्धुपाल्चोकका तीनै क्षेत्रका माओवादी युवा कार्यकर्ता सहभागी छन् । सैन्य तालिमको नेतृत्व माओवादी जनस्वयमसेबकका लोकमान तामाङले गरिरहेको गोप्य स्रोतले जानकारी दिएको छ ।
हातहतियारसहितको सैन्य तालिममा ५ सय ४३ जना सहभागी भएको नाम नछाप्ने शर्तमा एक सहभागीले जानकारी दिए । तालिममा सहभागीहरुका लागि खानेबस्ने व्यवस्था पार्टी जिल्ला कमिटीले मिलाएको छ । सैन्य तालिम बिहान ७ बजेदेखि वेलुकी ६ बजेसम्म हुने गरेको ती सहभागीले जानकारी दिए । सैन्य तालिममा कसरी गोलिगठ्ठा निर्माण गर्ने, चुनाव बिथोल्ने रणनीति, भोट माग्न गाउँगाउँ पस्ने अरु पार्टीका कार्यकर्तालाई कसरी भगाउने र जबर्जस्ती डटेर प्रतिकार गर्न निर्देशन दिइएको स्रोतले बताएको छ । १७ दिनदेखि दुर्गम गाउँमा जारी सैन्य दस्ता निर्माण तालिममा हतियार निर्माण र सञ्चालनको निपुणताबारे विशेष प्रशिक्षण दिइएको छ । स्थानीय गाउँवासीलाई आप्mनो गोप्य तालिम गरेको सूचना बाहिर प्रचार नगर्न दबाब दिएकोे बुझिएको छ । तीन सातासम्म सैन्य तालिम जारी रहनेछ ।
सैन्य दस्ता निर्माणका लागि तत्कालीन् जनयुद्धमा सहयोग गरेको श्रीलंकाली लिवरेशन टाइगर्स अफ तामिल लिट्टेको एउटा समूहले सहयोग पु¥याएको स्रोत जानकारी दिएको छ । ड्यास माओवादीका केन्द्रिय उपाध्यक्ष सीपी गजुरेल र सचिव नेत्रविक्रम चन्दलगायत माओवादीभित्र हार्डलाइनर नेताहरुले गरेको आग्रहमा लिट्टेले सहयोग गरेको बताइएको छ । विगत चार वर्षयता नेपालमा बस्दै आएका एक जना अनुभवी लिट्टे प्रशिक्षकले तालिममा प्रशिक्षण जारी राखेका छन् । स्रोतका अनुसार तालिम हुनु दिनअघि भदौ ३ गते ती प्रशिक्षक जोगीको भेषमा एउटा मोटरसाइकल चढेर सदरमुकाम चौतारा पार्टी कार्यालयसम्म आइपुगेका थिए । त्यसबेला उनी एक कप ‘ब्ल्याक टी’ खाएरफर्किएका थिए ।
तर यो बिषयमा ड्यास माओबादीका जिल्लामा नाम चलेका एक नेतासंग कुराकानी गर्दा जिल्लामा तालिम नभएको बताए । नेपालका प्रमुख राजनीतिक दलहरुले चुनावी अभियान बोकेर गाउँ गइरहँदा वैद्य माओवादीले भने दस्ता बनाउन थालेबाट मतदाता झस्किएका छन् । एमाओवादी, कांग्रेस, एमाले, राप्रपा, जनमोर्चासहितका सानाठूला सबै दलहरुले आ–आप्mना उम्मेदवारहरु घोषणा गरिसकेका छन् ।
घोषित उम्मेदवारलाई जिताउन प्रायः दल अहिले चुनावी रणनीतिमा जुटेका छन् । जिल्लाबाट सिफारिश भएका उम्मेदवारहरुले टिकट हत्याउन केन्द्रमा लविङ गरिरहेका छन् । यता जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीब्र पारेको जनाएको छ । वैद्य माओवादीले चुनावी विरोधी हर्कत गर्न सक्ने आशंकामा निर्वाचन कार्यालयमा सशस्त्र प्रहरीको एक समूहले सुरक्षा व्यवस्था मिलाइएको छ । १३ जनाको सशस्त्र समूहले अपुग र असुरक्षा महसुस गरेमा थप सुरक्षाफौज परिचालन गर्ने जिल्ला सुरक्षा समितिको आन्तरिक तयारी गरेको छ । वैद्य माओवादीको गतिविधिले जिल्लामा अन्य दलहरुलाई खासै बाधा नगरे पनि एमाओवादीलाई भने टाउको दुखाइको विषय बन्ने निश्चित छ । सिन्धुसंग्राम

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us