यूएस ओपन टेनिसको उपाधी सेरेनालाई

काठमाण्डु टुडे २०७० भदौ २४ गते ७:३२ मा प्रकाशित

serenaकाठमाण्डु, २४ भदौ–अमेरिकी सेरेना विलियम्सले पाँचौपटक यूएस ओपन टेनिसको उपाधी जितेकी छन् । फाइनल भिडन्तमा बेलारुसकी विक्टोरिया अजारेन्कालाई ७–५,६–७ र ६–१ले हराउँदै उनले उपाधी कब्जा गरेकी हुन् ।

विश्व नम्बर सेरेनालाई उपाधी जित्न आर्थर एश स्टेडियममा ४५ मिनेट समय खर्चनु परेको थियो । एकतीस बर्षीया सेरेनाको यो १७ औं ग्रान्डस्लाम उपाधी हो । उनी मार्टिन नवरातिलोवा र क्रिस एवर्टको रेकर्डसँग बराबरी गर्न मात्र एक कदम पछि छन् ।

२४ बर्षीया अजारेन्काले यस सत्रमा दुईपटकसम्म सेरेनालाई हराएकी थिइन् तर अन्तिम सेटमा उनले पराजय भोग्नु पर्यो । अघिल्लो बर्ष पनि फाइनलमा सेरेना र अजारेन्काले नै प्रतिस्पर्धा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us