अफगानिस्तान फाइनलमा, नेपाल १–० ले पराजित

काठमाण्डु टुडे २०७० भदौ २३ गते १५:०० मा प्रकाशित

Saff-Championship-2013काठमाण्डु, २३ भदौ – नेपाललाई १–० ले हराउँदै अफगानिस्तान काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसीप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलको १० औं मिनेटमा अफगानिस्तानका सन्जार रहमानले गरेको गोल नै निर्णायक भयो । डिबक्स भित्र गोलकिपर किरण जेम्जोङले हातबाट फुत्काएको बललाई रहमानले जाली चुमाएका थिए ।

अफगानिस्तानसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो हाफमा पाएका दुईवटा पेनाल्टीलाई रोहीत चन्दले सदुपयोग गर्न नसकेपछि नेपाल हार व्यहोर्न बाध्य भयो ।

रोहीत चन्दले लगातार दुईवटा पेनाल्टीमा गोल गर्न असफल भएपछि नेपाली खेलाडी तथा दर्शकहरु निराश हुँदै दशरथ रंगशालाबाट बाहिरिएका थिए ।

साफ च्याम्पियनसीप खेलमा नेपालले इतिहास रच्ने मौका गुमाएको छ ।सन २०११ म भारतमा भएको साफ च्याम्पियनसीप फुटवलमा पनि अफगानिस्तानसँगै नेपालले पराजय भोगेको थियो । दुइ पटक पेनाल्टी पाउदा पनि गोल हान्न नसकेकोमा नेपाली खेलाडी र दर्शक चुकचुकाइरहेका छन । एक घण्टामा १५ हजार टिकेट बिक्री भएको थियो । त्यति गर्दा पनि दशरथ रंगशालामा जान नपाएका दर्शकहरुले घर र सडकमा ठूला पर्दामा खेल हेरेका थिए । खेल नेपालले जित्ने अपेक्षा अधिकाँश दर्शकको अनुमान थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us