
नेपालले पछिल्लो मिनेटमा राम्रो आक्रमण बुन्न सकेको छैन् । भर्खरै छिरेका बिमलले पाएको एक अवसर पनि खेर फाले । फेरि भोलाको किकमा भरतको हेड बाहिरियो । दुर्भागयो हो नेपालको लागि ।
विमल चौथो अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् । उनले पाकिस्तानविरुद्धको खेलमा अन्तिम मिनेटमा गोल गरेर नेपाललाई बराबरीमा ल्याएका थिए ।
विमलको प्रहार थियो तर फ्रेममा रहन सकेन ।
विमल घर्ती मगर युवा स्ट्राइकर हुन् । उनले पाकिस्तानसंगको खेलमा अन्तिम मिनेटमा गोल गर्दै नेपालको हार टारेका थिए ।
विमल घर्ती मगर युवा स्ट्राइकर हुन् । उनले पाकिस्तानसंगको खेलमा अन्तिम मिनेटमा गोल गर्दै नेपालको हार टारेका थिए ।
राजुको स्थानमा युवा स्ट्राइकर विमल घर्ती मगर मैदान प्रवेश गरेका छन् ।
नेपालले अफगानिस्तानसंग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा नेपालले ३ मा जित एकमा बराबरी खेलेको छ भने एक खेल गुमाएको छ ।
अफगानले ५ डिफेण्डर मैदानमा उतारको छ भने नेपालले सेन्टर मिडफिल्डका खेलाडीलाई बाहिर ल्याएर स्ट्राइकर थपेको छ । नेपालका ४ स्ट्राइकर मैदानमा छन्
अफगानिस्तानले खेलाडी परिवर्तन गरेको छ । जर्सी नम्बर १८ को स्थानमा जर्सी नम्बर ९ का खेलाडी मैदान प्रवेश गरेका छन् ।
जुमानुले आज बारम्बार गल्ती गरिरहेका छन् । उनी साथीलाई पास दिन कन्जुस्याई गर्छन् ।
नेपाल लामो पासमा बारम्बार फेल भइरहेको छ । ग्रास बल खेल्न जरुरी छ । किनकी अफगानी खेलाडी अग्ला छन् ।
अफगानिस्तानका अग्ला कदका खेलाडी नै नेपाली टोलीका लागि बाधक बनिरहेका छन् ।
भरतको राम्रो प्रयास थियो तर मनसुरले रोकेका छन् । नेपालले कर्नर पाएको छ
नेपाली टोली निकै दबाबमा छ । सातौ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पनि अफगानिस्तानसंगै एक सुन्यले पराजित भएको थियो ।
जुमानुले हानेको प्रहार पोष्टमाथिबाट बाहिरियो
रंगशालामा उपस्थित सारा दर्शक नेपालले गोल गरेको हेर्न चाहन्छन् ।नेपाली दर्शकले गोल चाहियो भन्दै चर्को स्वरमा हुटिङ गरिरहेका छन् रंगशालामा
नेपालले दोस्रो हाफको सुरुमै दबाबमा दिएको छ ।
नेपालले कर्नर पाएको छ । जुमानुको प्रहार रोक्ने क्रममा बल बाहिर पठाए अफगान खेलाडीले
………………
अमरद्दिनले प्रहार गरेको बल पोष्टमाथिबाट बाहिरियो ।दर्शकले नेपाली खेलाडीहरुलाई हौसाइरहेका छन् ।जुमानु बल क्रस गर्ने प्रयासमा थिए । तर अफगान डिफेन्स बाधक बनेको छ,विराजको क्रस थियो । तर अनिल केही ढिला हुन पुगे । मनसुरले बल नियन्त्रणमा लिएका छन्,अनिलको प्रहार तर बाहिर गएको छ।नेपाली प्रशिक्षक ज्याक स्टेफोनस्की टच लाइनमा गएर खेलाडीहरुलाई निर्देशन दिइरहेका छन् ।फेरि बल नेपाली पोष्टतिर । पहिलो हाफको अन्त्यतिर नेपालको प्रदर्शन राम्रो छ,पहिलो हाफको अन्त्यतिर नेपालले आक्रमण बुनिरहेको छ । अफगान दबाबमा छ । तर दुर्भाग्य राम्रा प्रयासहरु गोल भएनन् ,नेपालले लगातार काउन्टर अट्याक गरिरहेको छ,नेपाल विस्तारै खेलमा फर्किएको छ ।
लगातार ४ प्रहार गरेको नेपालले अफगान पोष्टमा ।राजुको कर्नरमा अनिलले गरेको हेड दोस्रो बारबाट बाहिरियो,राजुको कर्नरमा अनिलले गरेको हेड दोस्रो बारबाट बाहिरियो,बल फ्रेमभन्दा बाहिर हुन पुग्यो ,उत्कृष्ट प्रयास थियो अनिलको तर जुमानुले भेट्टाएनन् । कर्नर नेपालको लागि,भोलाले केही हतार गरेका छन् । उनले निकै टाढाबाट प्रहार गरे । सही दिशा लिएन उनको प्रहारले । उनले साथीलाई पास दिनु पर्ने थियो त्यो बल,अफगानी स्ट्राईकर मुस्तफा जर्मनी लिगमा खेल्ने खेल्ने खेलाडी हुन्,बिराज आज ओभरल्यापमा खेल्न खोज्दैछन् तर उनी सफल भइरहेका छैनन्,जुमानुलाई फल गरेका छन् अफगान कप्तानले,अफगानिस्तानले. फेरि थ्रो पाएको थियो तर किरणले सहजै नियन्त्रणमा लिए,अफगानलाई कर्नर मौका,आधा घण्टाको खेल सकिएको छ । नेपाल एक सुन्य गोल अन्तरले पछि परेको छ,दर्शकहरु नेपाली खेलाडीले चाडै अग्रता अन्त्य गरुन् भन्ने चाहन्छन्,अफगान गोलरक्षक मनसुरले बल नियन्त्रणमा लिएका छन्,नेपाली खेलाडीले खेलेको एयर बल अफगानी खेलाडीले बिफल तुल्याउदैछन्,सन्दिपको प्रहार भोला लिन असफल,नेपालले निकै राम्रो स्थानमा फ्री किक पाएको छ,जुमानुलाई फल गरेपछि मुस्तफ फाइजलाई चेतावनी,
अफगानी खेलाडी अमरुद्दिन अनुवार घाइते,
अफगानिस्तानका सञ्जार अहमदी गरे गोल
किरण चेम्जोङको गल्ती,अफगानिस्तानको अग्रता
अफगानिस्तान १ गोलले अगाडि