सन् २०२० को ओलम्पिक टोकियोमा हुने

काठमाण्डु टुडे २०७० भदौ २३ गते ४:४६ मा प्रकाशित

Olympic-2020काठमाण्डु, २३ भदौ–सन् २०२० को ओलम्पिक खेल जापानको टोकियोमा हुने भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा सम्पन्न अन्तराष्ट्रिय ओलम्पिक कमिटिको बैठकमा भएको अन्तिम मतदानमा टर्कीको ईस्तानबुललाई २४ मतले हराउँदै टोकियोले ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको हो । मतदानमा जापानले ६० र टर्कीले ३६ मत पाएका थिए ।

जापानले सन् १९६४ मा पनि पहिलोपटक ओलम्पिक आयोजना गरेको थियो । जापानले यसअघि सन् १९४० मा ओलम्पिक आयोजना गर्ने जिम्मा पाए पनि दोस्रो विश्वयुद्धको कारण सो खेल रद्ध भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us