टर्दैछ मधेशवादी दलको तालमेलको सम्भावना

काठमाण्डु टुडे २०७० भदौ २३ गते ४:१२ मा प्रकाशित

काठमाण्डु–तराई मधेशमा आधारित राजनीतिक दलका वीचमा दोस्रो संबिधानसभा निर्वाचनमा तालमेलको संभावना खोजी गर्दै चालिएको प्रयास असफल हुँदै गएको छ । तालमेलका लागि प्रयास भएका राजनीतिक दलले बराबरको हिस्सा खोजेपछि त्यो संभावना टर्दै गएको हो ।  Former Madheshi minister Thakur talks in Kathmanduमधेशवादी दलहरुको बीचमा चुनावी तालमेलका लागि वार्ता गर्न मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को तर्फबाट संयोजक तोकिएका सो पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादव मधेशवादी दलहरुको बीचमा चुनावी तालमेल गर्ने कसरत भइरहे पनि नेताहरुकै रवैयाकारण त्यो सम्भवना टर्दै गएको बताए । उपाध्यक्ष यादवले नेताहरुमा त्यागको भावना कम देखिएका कारण प्रयास असफल हुँदै गएको जानकारी गराए । ‘कसैले त्याग गर्न मान्दैन सबैलाई सबैथोक चाहिन्छ अनि कसरी हुन्छ सहमति ?’उनले प्रश्न गरे । उनले अगाडि भने‘मधेशमा सबै दल बराबर छैन तर हिस्सा बराबरको चाहिन्छ बिडम्बना यही हो ।’

मधेशी पत्रकार संघले rajendra mahatoशनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता यादवले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सँग पटक पटक वार्ता भएपनि नतिजा हालसम्म निष्कन नसकेको बताए । ‘यद्यपी हाम्रो प्रयास जारी छ, हामी चुनावका लािग भएपनि तालमेल गरेर चुनावमा जान्छौ’ उनले भने‘चुनावमा तालमेल गरेर नगए,अघिल्लो सविधानसभा चुनावभन्दा यसपालीको चुनावमा मधेशवादी दलको ‘ग्राफ’ तल झर्ने संभावना त्यतिकै छ ।’

तमलोपाले एकीकरण तथा मोर्चाका लागि शुरु गरेको अभियान असफल भएपछि पछिल्लोसमय मधेशवादी दलहरुको बीचमा चुनावी तालमेल गर्ने अभियान सञ्चालन गरेको छ । त्यसैक्रममा तमलोपाले फोरम लोकतान्त्रिकसँग चुनावमा तालमेल गर्ने भन्दै एकचरण वार्ता गरी सैद्धान्तिक सहमति गरिसकेका छन् भने दोस्रो चरणको छलफलमा सीटमा कुराकानी नमिलेको स्रोतको दावी छ ।
उपाध्यक्ष यादवले पहिलो चरणमा तमलोपा र आफ्नो दलको बीचमा टुगों लागेपछि मात्र अन्य दलसँग कुरा गर्ने बताए । यी दुई दलको बीचमा शुक्रवार वार्ता भएको थियो । यादवले भने ‘दुई दलको बीचमा मात्र तालमेल गरेर हुँदैन,त्यसमा राजेन्द्र महतो अध्यक्ष रहेका सद्भावना पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल पनि सहभागि हुनुपर्छ ।’ यसका लागि अध्यक्षद्धय ठाकुर र गच्छदारले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग कुरा गर्ने समयतालिका तय गरेपनि हालसम्म वार्ता हुन सकेको छैन ।upendra-yadav_20110506084356

स्रोतका अनुसार सद्भावना पार्टी र फोरम नेपाल तमलोपासँग तालमेल गर्ने पक्षमा छैन । यदि तमलोपा र फोरम लोकतान्त्रिकबीच सहमति भयो भने मात्र राजेन्द्र महतो र उपेन्द्र यादवबीच तालमेल हुनेछ ।
सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले मधेशमा चार (सद्भावना पार्टी, फोरम नेपाल, तमलोपा र फोरम लोकतान्त्रिक) दलको बीचमा सहमति भए मात्र मधेशको चुनाव प्रभावकारी हुने बताए । ‘एकदुईटा दल मिलेर तालमेल गरे त्यसले मधेशमा खासै असर पर्दैन’ उनले भने ‘चारैजना पार्टी अध्यक्षको बीचमा कुराकानी भए मात्र सहमति संम्भव हुन्छ,कसैलाई बाहिर राखेर उसको बारेमा कुरा गरेर मात्र सहमति हुदैन ।’Bijay

तमलोपा र फोरम लोकतान्त्रिकले सहमति गरेर मात्र आफ्नो दलसँग कुरा गर्यो भने त्यो मान्य नहुने धारणा उनले बताए । उनले ती दुई दलले आपसमा सबै सीट बाँडफाँड गरेर बाँकी रहेका सीटमा मात्र आफ्नो दलसँग तालमेल गर्न खोज्यो भने त्यो स्वीकार नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us