चुङगी खेलेर विश्व किर्तिमान कायम गर्ने दावी

काठमाण्डु टुडे २०७० भदौ २२ गते ८:०२ मा प्रकाशित

काठमाण्डु २२ भदौ–आफूसँग भएका विभिन्न क्षमतालाई प्रस्तुत गरेर विश्व किर्तिमान कायम गर्ने होडमा एक नेपाली यूवाले रवडको चुङगी खेलेर विश्व किर्तिमान कायम गर्ने दावी गरेका छन् ।chungi
काठमाडौ कपन गाविस ३ मिलन चौकका २९ वर्षिय चेतबहादुर खड्काले शनिवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी त्यस्तो दावी गरेका हुन । पत्रकार सम्मेलनमा उनले निरन्तर १२ हजार भन्दा बढी पटक नझारी दुबै खुट्टाले चुङगी खेलेर प्रर्दशन गरेका थिए । आफ्नो किर्तिमान गिनिजबुक अफ वल्र्ड रेकर्डमा अंकित गर्ने तयारी गरिरहेको समेत उनले जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us