भिसा शुल्क बढाउन कुटनीतिक प्रयास

काठमाण्डु टुडे २०७० भदौ २१ गते १:३५ मा प्रकाशित

काठमाण्डु २१ भदौ–संसारमै सस्तो भिसा शुल्क लिएर पर्यटक आकर्षण गर्ने नीति अवलम्बन गर्दै आएको सरकारले अव भिसा शुल्क बढाउन कुटनीतिक पहल थालेको छ । भिसा शुल्क बढाउन मित्रराष्ट्रसँग कुटनीतिक तहमा परराष्ट्र मन्त्रालयले पहल थालेको हो ।
अध्यागमन बिभागले नेपाल प्रवेश गर्ने पर्यटककालागि १५ दिनको २५ अमेरिकी डलर,९० दिनका लागि एक सय अमेरिकी डलर भिसा शुल्क लिने गरेको छ भने अमेरिका जाने नेपालीले सबै भन्दा छोटो भ्रमणका लागि एक सय ६० अमेरिकी डलर र वेलायत जानेले एक २० स्टर्लिङ पाउण्ड भिसा शुल्क तिर्नुपर्छ ।

अमेरिका पढन जाने बिद्यार्थीले दुई सय ६० देखि चार सय डलर सम्म भिसा शुल्क बुझाउने गर्छन भने यूरोप पढन जानेले तीन सय ५० पाउण्ड तिर्ने गर्छन । ती मुलुकमा जान भिसा नलाग्दै शुल्क तिर्नु पर्छ । उत्तरी छिमेकी चीन र जापान लगायतका मुलुकले भने भिसा लागेपछि मात्रै शुल्क लिने गरेका छन ।

अमेरिकी र युरोपेली मुलुकका नेपालस्थित दुतावासको आम्दानीको मुख्य स्रोत उनीहरुले लिने भिसा शुल्क हुने गरेको अन्नपूर्णपोष्टमा चन्द्रशेखर अधिकारीले लेखेको समाचारमा उल्लेख छ । समाचारमा भनिएको छ‘भिसा शुल्क दुई देश वीचको पारस्परिक समझदारीमा तय हुन्छ भने भिसा दिने नदिने अधिकारसम्बन्धित मुलुकको हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us