नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, भारत २-१ ले पराजित

काठमाण्डु टुडे २०७० भदौ २० गते ११:३८ मा प्रकाशित

काठमाण्डु, २० भदौ–भारतलाई हराउँदै नेपाल काठमाडौँमा जारी आठौं साफ च्याम्पियनसप फुटबलको सेमिफाइनमा पुगेको छ ।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतलाई २–१ ले हरायो । लामो समयको अन्तरालमा भारतविरुद्ध जीत निकाल्दै नेपाली टिमले साफ च्याम्पियनसिप nepali teamफुटबलको सेमिफाइनलमा स्थान बनाएको हो ।
नेपालले भारतलाई सन् २००६ को एएफसी च्यालेन्ज कप फुटबलयता पहिलोपटक हराएको हो । जितसँगै नेपाल समूह एको विजेता बनेको छ । नेपालको जितमा स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले एकएक गोल गरे । बारमा लागेर फर्किएको बललाई गुरुङले ६९ औं मिनेटमा जाली चुमाएका थिए । राईले रविन श्रेष्ठको पासलाई सदुपयोग गर्दै ८० औं मिनेटमा गोल गर्न सफल भए । हारका बाबजुत भारत पनि सेमिफाइनलमा पुगेको छ । घरेलु दर्शकको भरपुर समर्थनमा मैदान उत्रिएको नेपाली टिमले सुरुआतबाटै दमदार प्रदर्शन गरेको थियो । खेलको १५ औं मिनेटमा सन्दीप राईको फ्रिकिकलाई सदुपयोग गर्दै भोला सिलवालले गरेको प्रहार गोलपोष्टमा ठोक्किँदा नेपाल अग्रता लिने अवसरबाट चुक्यो । त्यसअघि पाँचौ मिनेटमा भारतका जेजेले गरेको उत्कृष्ट प्रहारलाई गोलकिपर किरण चेम्जोङले सजिलै नियन्त्रण लिएका थिए ।

यस्तै रोहित चन्दले आठौ मिनेटमा गरेको प्रहार गोलपोष्टमाथिबाट बाहिरिएको थियो । पहिलो हाफमा नेपालले अधिकांश समय बललाई नियन्त्रण राख्दै भारतीय गोलपोष्टमा दबाब सिर्जना ग¥यो । तर दुवै टिमबाट कुनै गोल हुन नसक्दा पहिलो हाफ बराबरीमै सकियो । दोस्रो हाफको सुरुआतमै भोला सिलवालले गरेको प्रहारलाई भारतीय गोलकिपर सुव्रतो पाउलले नियन्त्रणमा लिए । भारतका रोविन सिंहले ६३ औ“ मिनेटमा गोलका लागि गरेको प्रयास सन्दीप राईले बल क्लियर गर्दै असफल पारिदिएका थिए । यता एकपछि अर्को आक्रमण बुनिरहेको नेपालका लागि ६९ औं मिनेटमा गोलको खाता खुल्यो । सन्दीपले प्रहार गरेको फ्रिकिकमा विक्रम लामाको हेडर रिवाउन्ड भएपछि प्राप्त अवसरलाई सदुपयोग गर्दै अनिल गुरुङले ६९ मिनेटमा नेपाललाई अग्रता दिलाए ।

यता ७३ औ“ मिनेटमा सन्दीप राईले गरेको फ्रिकिकलाई सुर्वतो पाउलले सजिलै जोगाए । ७६ औ मिनेटमा वान भर्सेज वानको अवस्थामा अनिल गुरुङको प्रहारलाई पाउलले फेरि जोगाएपछि नेपालको गोलअन्तर दोब्बर पार्ने मौका गुमेको थियो । खेलको ८० मिनेटमा रविन श्रेष्ठले दिएको छरितो पासलाई सदुपयोग गर्दै जुमानुले वन टचमा आकर्षक गोल गर्दा नेपाल २–० ले अघि बढ्यो । इन्जुरी समयमा नाविले गोल फर्काउ“दै भारतलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि कुनै गोल हुन नसक्दा नेपालले २–१ ले खेल जित्यो । जीतस“गै समूह विजेताको हैसियतमा नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

हारका बाबजुद भारत पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल रह्यो । नेपालले तीन खेलबाट ७ अंक बटुल्दा ४ अंकमै सीमित भारत हेड टु हेडमा पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुगेको हो ।  हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा बिहीबारै भएको अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई २–१ ले हराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us