नाडाल र अजरेन्का युएस ओपन टेनिसको सेमिफाइनलमा

काठमाण्डु टुडे २०७० भदौ २० गते ५:५५ मा प्रकाशित

काठमाण्डु, २० भदौ– शीर्ष वरियताका राफायल नाडाल र भिक्टोरिया अजरेन्का युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छिन् । पुरुष एकलतर्फ विहीबार विहान भएको क्वाटर फाइनलमा स्पेनी नाडालले आफ्नै देशका टमी रोब्रेडोलाई ६–०, ६–२ र ६–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । सेमिफाइनलमा उनले फ्रान्सका रोबर्ट गास्क्वेटसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै महिला एकलतर्फ विहीवार विहान भएको क्वाटरफाइनलमा बेलारुसकी अजरेन्काले स्लोभाकीयाकी डेनियला हान्तुचोभालाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनमा प्रवेश गरेकी छन् । सेमिफाइनलमा अजरेन्काले इटालीकी फ्रालाभिया पन्नेटासँग प्रतिस्पर्धा गर्नेछिन् ।

विहीबारै भएको अर्को खेलमा स्पेनी डेभिड फेडररलाई पाखा लगाउँदै गास्क्वेट पनि सेमिफाइनलमा पुगेका छन् । चौथो वरियताका फेडरर आठौं वरियताका गास्क्वेटसँग ६–३, ६–१, ४–६, २–६ र ६–३ ले पराजित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us