
काठमाण्डु, २० भदौ– अमेरिकी सिनेटको एक समितिले सिरियामा सैन्य बल प्रयोगका लागि सरकारलाई सहमति दिएको छ । अहिलेसम्म २१ सिनेटर आक्रमणको पक्षमा देखिएका छन् भने १३ जनाले विरोध गरेका छन् । ६६ जनाले भने तटस्थ रहेको बीबीसीले जनाएको छ ।
अब प्रस्तावलाई सिनेटबाट पास गराउनुपर्नेछ । आगामी हप्ता मतदान हुने अनुमान गरिएको छ ।
सैन्य कारबाहीको प्रस्तावमा अमेरिकी सेनालाई सिरियाको जमिनमा भने नउतारिने उल्लेख छ । सिरियाले आफ्ना नागरिकमाथि रासायनिक आक्रमण गरेको आरोपमा अमेरिकाले सैन्य कारबाहीको तयारी गरेको हो ।
तर, संयुक्त राष्ट्रसंघले रासायनीक हतियार प्रयोग भए–नभएकोबारे पुष्टि भैनसकेकोले कारबाही नगर्न रुसले अमेरिकालाई चेतावनी दिदै आएको छ ।