सीरियामा कारबाही नगर्न अमेरिकालाई रुसको चेतावनी

काठमाण्डु टुडे २०७० भदौ १९ गते ७:४८ मा प्रकाशित

No-war-syriaकाठमाण्डु, १९ भदौ– रुसले सीरियामा संयुक्त राष्ट्रसंघको अनुमति विना कारबाही नगर्न अमेरिकालाई चेतावनी दिएको छ । राष्ट्रसंघको अनुमति विना गरिने कुनै पनि कारबाही ‘आक्रमण’ मानिने भएकाले एकतर्फी कारबाही नगर्न चेतावनी दिएको हो ।

अमरीकी राष्ट्रपति बाराक ओबामाले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै सीरियामा सैन्य कारबाहीको तयारी गरेकोबेला रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले त्यसो नगर्न चेतावनी दिएको वीवीसीले जनाएको छ ।

रासायनिक हतियार प्रयोग भए–नभएको पुष्टि संयुक्त राष्ट्रसंघले गरिनसकेको भन्दै उनले भनेका छन्, ‘संयुक्त राष्ट्र संघकोप्रस्ताव विना अमेरिकाले कारबाही गरे रुसले के गर्छ भन्ने कुरा अहिले नै भन्दा हतार हुन्छ ।’

सीरियाविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपति वाराक ओबामाको प्रस्तावमा अमरीकी सांसदहरुले अनौपचारिक सहमति जनाएका छन् । यस प्रस्तावमा आउँदो हप्ता अमेरिकी संसदमा मतदान हुदै छ । प्रस्ताव स्वीकृत भए सीरियामा सैन्य कारबाही गर्न अमेरिकी सरकारलाई अधिकार मिल्ने छ । -एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us