व्यापारीबाट एक लाख घुस लिने हवल्दार पक्राउ

काठमाण्डु टुडे २०७० भदौ १७ गते १०:२८ मा प्रकाशित

Ghusकाठमाण्डु, १७ भदौ–यार्सा गुम्वा व्यापारीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी हवल्दार महेश माझी हुन् । उनीसँगै तारा रानाभाट पनि पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार प्रहरी हवल्दार माझीले यार्सा गुम्वा व्यापारी डोल्पाका कर्मा बुढासँग एक लाख घुस लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us