
हेटौंडा, १७ भदौ– मकवानपुरमा सोमबार विहान परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
आमभन्ज्याङ–७ डुम्रेकुनाका ५० बर्षीया ज्ञानीमाया स्याङ्तान र हर्नामाडी–१ जलरीका १६ वर्षीय समीर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर हर्नामाडी–१ का १४ वर्षीय रोसन बल गम्भीर घाइते भएका छन् । उनको हेटौडा अस्पतालमा उपचार हुन नसकेपछि चितवनको भरतपुर पठाइएको छ ।
यस्तै फापरबारी ६ बस्ने ३९ वर्षीया सुकुमाया घिसिङ घरमा बसिरहेको अबस्थामा चट्याङ लागेर घाइते भएकी छन् । उनको फापरबारी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुरमा चट्याङ लागेर आइतबार पनि एकजनाको ज्यान गएको थियो ।