चुनावबाट हामी भागेका छैनौ

काठमाण्डु टुडे २०७० भदौ १० गते १०:४४ मा प्रकाशित

महेन्द्र कंडेल –उपाध्यक्ष एन आर एन, बेलायत
एनआरएन बेलायतका तत्कालीन बरिष्ठ उपाध्यक्ष र आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी महेन्द्र कंडेल बेलायतबासी नेपालीहरुको परिचित नाम हो । mahendraएनआरएनको आगामी चुनावको बिषयले बेलायतको एनआरएनलाई निकै अन्योल सिर्जना गरेको बिषयमा केन्द्रित रहेर काठमाडौं टुडे डट कमका यूरोप प्रतिनिधी पत्रकार दधिराज घिमिरेले लिएको अन्तवार्ता ।
तपाई माथि एनआरएन बेलायत फुटाउन लागेको आरोप लगाइएको छ नी ?
यो आरोपलाई म खारेज गर्दछु । एनआरएन बेलायत फुटाउन खोज्ने को को हुन भन्ने बिषयमा अव बेलायतका नेपालीहरु बीच छिपेको छैन । मैले मेरो कुनै चुनाबी भेटघाटमा एनआरएन संस्थाको बिरुद्ध बोलेको भए ती आरोप लगाउनेहरुलाई प्रमाण दिनको लागी चुनौति दिन्छु । आजका मितिसम्म म एनआरएन भित्र नै एनआरएन
बेलायतलाई सबै बेलायतबासी नेपालीहरुको एनआरएन बनाउन प्रयासरत छु ।
अघिल्लो चुनावमा एनआरएनलाई बिवाद रहित बनाउन राम्रो भुमिका निभाउनु भएको थियो,अहिले पनि तपाईले यो संस्थाको हितको लागी आप्नो चुनाबी अभियान छोडीदिनु भएको भए त राम्रो हुने थिएन र ?
मैले एनआरएन बेलायतलाई कसरी सबै बेलायतबासी नेपालीहरुको साझा बनाउन सकिन्छ भनेर गत चुनावमा बर्तमान अध्यक्ष कुल आचार्यलाई समर्थन गरेको हुं । एउटा हिउँदले जाडो जादैन भने झै अर्को कार्यकालमा मेरो पालो आउछ भनेर एक पटक आफुले मिलेर जाने संस्कार बसाए पछि यो प्रकृयाले निरन्तरता पाउने छ भन्ने लागेको थियो । आउने कार्यकालमा कम्तिमा अहिलेका कार्य समितिका साथिहरुले यो पद्धतीमा अडिक रहनु हुनेछ भन्ने लागेको थियो । तर यहां ठिक उल्टो भयो । बेलायतका सम्पूर्ण संघ सस्था र जनता एनआरएन सबैको साझा भन्ने बिषयमा चिन्तित रहेको पाईयो तर एनआरएन कार्य समितिका सदस्यहरु नै एकका बिरुद्ध अर्को भिडाउने र जसरी हुन्छ,मलाई हराउने भन्ने एक सुत्रीय अभियानमा लाग्नु भयो,यो एनआरएन बेलायतको लागी बिड्म्वना हो ।
अहिले तपाईको मुख्य माग के हो ?
मेरो मुख्य माग भनेको निर्वाचन समिति भङ्ग गरेर संम्पूर्ण संघ संस्थाको प्रतितिनिधि रहने गरी बिश्वासिलो निर्वाचन कमिटी निर्माण गरौं भन्ने हो ।
अहिलेको निर्वाचन समिति निर्माणमा पनि तपाईको पुर्ण समर्थन थियो,होइन र ? अहिले चुनाव हारिने डरले तपाईले बेखडा झिक्नु भएको भनिन्छ नी ?
तपाईले ठिक बिषय उठाउनु भयो । निर्वाचन कमिटी बनाउदां अध्यक्षसंगको पटक पटकको बैठकमा मैले यो बिषय निरन्तर उठाउदै आएको थिएं । एनआरएन बेलायतलाई चुनावी प्रकृयाबाट भन्दा पनि बिगतमा जस्तै आपसी समझदारीमा मिलाएर लैजानेमा हाम्रो वीचमा सहमति भएको थियो । जव चुनावको प्रकृया नै हुदैन,यो निर्वाचन कमिटी केवल औपचारिकतालाई निर्माण गर्ने हो । तपाई यो बिषयमा किन शकां गर्नु हुन्छ भनियो । फेरी बैठकमा महेन्द्र कंडेल बिवाद मात्र सिर्जना गर्छ पुरै कमिटीलाई बिश्वास गर्दैन भन्ने बिषयले बिवाद सिर्जना नहोस भनेर मैले बर्तमान निर्वाचन कमिटी निर्माणमा सहमति गरेकै हुं । मैले यहि बिषयमा ध्यांन दिन नसकेकै हो, मैले झुट बोल्न हुदैन । तर निर्वाचन कमिटीको निर्माण भएको भोलि पल्ट देखि नै कार्य समितिका साथीहरु नै अर्को अध्यक्षको उमेद्धारको खोजीमा हिड्नु भयो । बिगत देखिको समझदारीलाई लत्याउनु भयो । चुनावमा गईसके पछि उमेद्धवार जो पनि बन्न सक्छन तर बिगतको राम्रो पक्षलाई यो कार्य समितिले निरन्तरता दिने की नदिने ? बिगतमा मेरा मतदाताहरुलाई मनमा अमिलो बनाएर समझदारीमा एनआरएन चलाउ भनेर मैले गरेको कार्यलाई यो कार्य समितिले निरन्तरता दिने बिषयमा किन अडिन सकेन ? मुख्य समस्या यहि नै हो । यहि बिन्दुबाट समस्याको हल खोजिनु पर्छ ।

तपाईले त सदस्य फर्म लिएकाहरुलाई लाईनमा राखेर एका एक मतदाता नामावली दर्ता नगरी फर्काउनु भयो,यसले ती मतदाताको मतदान अधिकार माथि अन्तर्घात भएन र ?
महेन्द्र कंडेललाई हजारौं एनआरएन सदस्यहरुले परिवर्तनका बिशेष एजेण्डालाई साथ दिएका हुन । केवल सदस्य बन्न कै लागी साथ दिएका थिएनन् । बहुसख्यकं सदस्य ढोकामा पुगेर किन फर्के ? किन बिश्वास गरेनन् ? यो त सामान्य सदस्यको बिषय हो । यो महेन्द्र कंडेलको मात्र बिषय होईन । महेन्द्र कंडेलले रोक्यो रे, ११ हजार सदस्यलाई महेन्द्र कडेलले रोकेर रोकिन्छ ? ११ हजार सदस्यले अहिलेको निर्वाचन कमिटी माथि गरेको शकां हो, अबिश्वास हो । मैले कहिल्यै नभेटेका सयौं सदस्यहरु निर्वाचन कार्यालयको अगाडी कार्यसमितिको बिरोधमा फर्म दर्ता नगरी फर्कनु भएको थियो । किनकी सम्पूर्ण सदस्यहरु बिगतको परम्परालाई तोड्न चाहन्छन र त्यो परिवर्तनको मागलाई महेन्द्र कंडेलले नेतृत्व गरेकाले ब्यक्ति जस्तो बनाईएको हो । एनआरएन भित्र बिगत देखि अहिलेसम्म केहि ब्यक्तिले आप्mनो स्वार्थ अनुकुल प्रयोग गर्दै आएका छन । त्यो प्रकृयालाई बिघटन गर्दै संम्पूर्ण बेलायतबासी नेपालीले एनआरएनलाई साझा संस्थाको रुपमा बिकास गर्नको लागी मलाई बिश्वास गरेका छन । मैले निर्वाचन कमिटी निर्माण प्रकृया गलत भयो भनेर निरन्तर आवाज उठाई रहेको थिए । १७ अगष्टमा सदस्यता दर्ता गर्ने अन्तिम दिन बिहानै देिख निवार्चन कार्यालय भित्र केहि बिवादहरु देखियो भनेर मलाई खवरहरु भयो । म लगभग १२ बजे मात्र कार्यालय आएको थिएं । कार्यालय बाहिर लगभग दुई सयको सख्यांमा रहेका साथीहरुले तत्कालीन कार्यसमिति र निर्वाचन कमिटीको चर्को बिरोध गरी रहेका थिए । बिवाद यति बढेको थियो कि कार्यसमितिका कुनै सदस्य बाहिर आएर ती सदस्य फर्म लिएर बसेकाहरुको बीचमा आश्वस्त पार्न सकेका थिएनन । मैले बेलायतको समाजमा उठेका आवाजलाई पनि संबोधन गर्नु पर्ने थियो । मेरा पक्ष वा बिपक्षमा भए पनि ती आवाजलाई मैले बेवास्था गर्न सक्ने अवस्थामा थिइन । निर्वाचन कार्यालय भित्र जांदा बाहिर भन्दा भित्र झन भद्रगोल रहेछ । त्यहाँ निर्वाचनमा लड्छु भन्नेहरु नै सदस्यता फर्म चेक गरिरहेको देखे । कस्को पक्षको कति फर्म आयो, कुन नम्वरमा पर्छ भनेर लागत राख्ने टिकडम देखियो । यो सबै खेल महेन्द्र कंडेललाई हराउका लागि हो भन्ने बुझियो । फेरि पनि मैले कमसेकम बिगत देखि प्रस्ताव गरेका साथीहरुलाई निर्वाचन कमिटीमा राखौं,बाहिर देखिएको बिवादलाई पनि संबोधन गरौं भनेपछि पहिला त हुन्छ भनियो, फर्म बुझाउन लाम लागियो तर एक छिनपछि निर्वाचन कमिटीको सदस्यले केहि गर्न सकिदैन तपाई जे गर्न सक्नु हुन्छ गर्नुस भनेर ठुलो स्वर गरियो कार्य समितिका अन्य साथीहरु भरखरै भएको सहमतिलाई लागु गर्न सक्नु भएन । मलाई मेरा मतदाताहरुले परिवर्तनको एजेण्डालाई लागु गर्नको लागी आप्mनो मतको लागि फर्म दिनु भएको हो,मैले ती मतदाताहरुको मतको कुनै ग्यारेन्टी देिखन र कार्य समितिले म लगाएत बाहिर रहेका अन्य उमेद्धारहरुलाई पनि आश्वस्त गराउन सकेन,त्यसैले हामीले सदस्यता दर्ता गर्ने क्रमबाट बाहिरिएका हौं ।
अवको तपाईको बाटो के हो त ?
सर्व प्रथम त निर्वाचन कमिटी भङ्ग गरेर बेलायतस्थित विभिन्न सामाजिक संघ संगठनका प्रतिनिधिमुलक निर्वाचन कमिटीको गठन हुनुपर्छ । त्यो कमिटीले मात्र निर्वाचन धाँधलीरहित हुन्छ भन्ने बिषयमा आश्वस्त पार्न सक्छ । समयको परिवर्तनसँगैं समाजको आवश्यकता र मागमा पनि परिवर्तन आउँछ । सदस्यता वनाउने प्रकृयाको होडबाजीमा जुन बाटोको बिकास भयो,यो संम्पूर्ण एनआरएन बेलायतको कार्य समितिको असफलता भयो । यो भर्खरै बेलायतको सदस्यता दर्तामा देखिएको समस्या हो । यहां भोट हाल्ने मात्रै हैन, उमेद्धवारी दिनको लागी कुन उमेद्धारले कति पैसा खर्च गर्यो भन्ने गलत कुराले मुख्य ठांउ पाएको यो बिषयलाई कसरी हल गर्ने भन्ने तिर ध्यान दिने की नदिने ? म पनि त्यहि कार्य समितिमा रहेकोले दोषको भागी छु तर प्रकृया त गलत भयो भनेको छु । उमेद्धारले पैसा तिरेर सदस्यता बनाउने प्रकृयालाई बन्देज लगाउने बिधि के हो भन्ने बिषयमा छलफल चलाउने की नचलाउने ? एनआरएन सदस्य धेरैमा तीन पाउण्डमा दर्ता गराउन पाउने गरेर लाखौं बेलायतबासी नेपालीहरुको साझ सस्थाको रुपमा बिकास गर्नमा मेरो भुमिका रहने छ ।
एनआरन सदस्यहरुको पैसा खाएर हिडेको आरोप लागिरहेको छ ? तपाई के भन्नुहुन्छ ?
जव परिवर्तनकारीहरु आन्दोलनलाई अगाडि बढाउँछन अनि प्रतिगामीहरुको निद हराम हुन्छ । अनि बरवराउन थाल्छन समाजलाई भ्रम पार्ने कोशिास गर्छन । बेलायतमा पनि त्यहि भएको हो । जुन बिश्वासले बेलायतबासीहरुले आप्mनो सदस्यता फर्म भर्नु भयो त्यो बिश्वास भनेको एनआरएन बेलायतलाई केही व्यक्तिको चंगुलबाट बेलायतबासी नेपालीहरुको साझा बनाउने भन्ने मत थियो र अधिकांस मेरा मतदाताहरुले यदि हाम्रो मतको सुरक्षाको ग्यारेन्टी हुदैन भने हाम्रो मत हामीलाई नै फिर्ता गर्न भन्ने म्याण्डेट पनि थियो । मैले त्यहांका मतदाताको सुरक्षा देखिन र मतदातालाई फर्म नबुझउनु भनेको हो । दस हजार मतदाताको भावाना माथि किन खेलवाड गरीयो भनेर एनआरएन कार्य समितिलाई उनीहरु सोधिरहेका छन । दसहजार मतदातालाई तिमीहरु एनआरएन होईनौं भनेर कुनै निर्वाचनको नाटक गरिन्छ भने बाहिर रहेको मत र आवाजको नेतृत्व मैले गर्नु पर्छ । जंहाँसम्म पैसा खायो भन्ने आरोप छ,म त हरेक दिन ती साथिहरुसंग अन्तरक्रियामा छु मैले फर्म नबुझाउनाका कारणहरुका बिषयमा अन्तकृयामा नै छु । कसैले पनि पैसाको बिषय त उठाएका छैनन् । यो कुन प्रकृयाबाट फर्म बुझाईयो र बुझाउने प्रकृयामा थिए भन्ने बिषयमा सबै ज्ञाता नै छन त्यसैले पैसाको बिषय उठाएर भ्रम पार्न खोजिन्छ भने बेलायतबासी नेपालीहरुले तिनिहरुको जवाफ दिने छन ।
अहिलेको निर्वाचन प्रक्रियालाई रोक्न योजनाबद्ध रुपमै लाग्नु भएको हो ?
महेन्द्र कंडेलले उठाएको माग बेलायतबासी नेपालीहरुको माग हो । आज एउटा महेन्द्र कंडेलले यो मागबाट भाग्यो भने अरु महेन्द्र कंडेलले यो मागलाई उठाउने छन । मुख्य कुरा मैले उठाएको बिषय बस्तु ठीक छ कि छैन भन्ने हो र मैले उठाएको बिषयमा एक दिन एनआरएनले अबलम्वन गर्नु नै पर्छ । मेरो माग एनआरएन भित्र लागु हुदैन भने दुई बर्षको कार्य समिति बन्छ र सकिन्छ,फेरी अर्को आउछ तर संम्पूर्ण बेलायतबासीको एनआरएन हुनै सक्दैन । बेलायतबासी नेपालीले आप्mनै हितको लागी एनआरएन हो भनेर स्वीकारेको छैन । सदस्यता फर्म भर्दा सदस्यहरुले के विषय उठाए भन्ने बिषयमा छलफल चलाउनु जरुरी छ । मैले उठाएको आवाजले बेलायत मात्र नभएर अरु देशहरुमा पनि बहस सिर्जना गरेको छ । एनआरएन साझा हो की समस्या हो भन्ने पनि गरेका छन । एनआरएनले संम्पूर्ण संघ सस्थाहरुलाई बिबादमा होमिदिएको छ । अव केन्द्रमा पनि यो बिषयमा छलफल चलेको छ । सायद एउटा निश्चित बिधिको बिकास भएरै छाड्ला । चुनावबाट त हामी भागेका छैनौ । हामी त संम्पूर्ण बेलायतबासी चुनावमा सहभागी हुने बातावरणको सिर्जना गरौं भनिरहेका छौ । अव हुने प्रकृयालाई रोक्नु पर्ने भन्ने लाग्दैन किनकी दस हजार सदस्यले सदस्य हुने प्रकृयाबाट बाहिर बसेर सम्पूर्ण प्रकृया बन्द गरी दिनु भएको छ । अव बन्द भएको प्रकृयालाई निश्चित बिधि बनाएर सुरु गर्नु पर्छ र त्यो एक मात्र बाटो हो ।
अहिलेको प्रकृयामा तपाईहरुल भाग लिने कि नलिने ?
पूरानो प्रकृयाको अन्त भई सक्यो । अव नयां प्रकृयाको थालनी नगरी कुनै उपाय छैन । कसैले कसैलाई भोलि टिको लगाएर अध्यक्ष भईस भन्दैमा हुदैन । यदि वनाईयो भने पनि बेलायतको समाजले मान्य छैन । अहिलेको निर्वाचन कमिटीलाई त दशौं हजार सदस्यले बहिस्कार गरी सके । यो त सबैले बुझेको बिषय नै हो । ती सदस्यलाई तिमीहरु सदस्य होईनौ भन्छन भने हामी हाम्रा सुभचिन्तकको बीच बाटै सबै कार्यक्रम बनाउने छौं ।
थोरै प्रसंग बदलौं तपाईलाई बेलायतमा माओबादीको नेता हो भन्दा रहेछन,वास्तवमा तपाई के हो ?
मैले सांचो बोल्नु पर्छ । बिगतमा मेरो पृष्ठभुमि बामपन्थी नै हो । म परिवर्तनको पक्षमा आवाज उठाउने ब्यक्ति भएकोले नेपालमा माओबादीले लिएको कार्यनीतीले नेपाललाई अगाडी बढाउँछ भनेर मैले समर्थन गरेको हो । जव म ब्यवसायमा तर्फ बढी समय दिन थालें अनि मेरो सामजिक काममा रुचि बढ्दै गायो । बिशेषत एनआरएनमा आए पछि मैले आफुलाई सामाजिकरुपमा परिवर्तन गरें । हिजोका दिनमा राजनैतिक रुपले निकट साथीहरुसंग मेरो घनिष्टता कायमै छ । नेपालको राजनैतिक बिषयमा छलफल र बैचारिक बहस माओबादीका साथीहरुसंग नै हुने हुनाले मलाई माओबादी निकट देख्नुमा म अन्यथा ठान्दिन तर म नेता चांहि होईन ।
माओबादी र जनजाति मिलेर एनआरएनको बिरोध गरें भन्ने आरोप छ नी ?
यो बिल्कुल झुट कुरा हो । मैले बिगत देिख उठाउदै आएको बिषयमा जनजातिका साथीहरुले उठाउनु भएको बिषयमा अहिले एकता भएको हो । यो बिषय जनजातिका साथीहरुले मात्र नभएर बिभिन्न राजनैतिक पार्टीका संगठनहरुले पनि उठाएको बिषय हो । बिभिन्न सामाजिक संघ सस्थाहरुले उठाएको बिषय हो । यहि बिषयको वरीपरी बेलायत भरी रहेका सम्पूर्ण सामाजिक संघ सस्था र राजनैतिक पार्टीका संगठनहरुसंग कार्यगत एकता हुन सक्छ । यो कुनै नौलो बिषय हो भन्ने मलाई लाग्दैन । एनआरएनका सदस्यहरु कसरी एनआरएन बेलायतमा हाबी हुने कोशिास गर्दै छन भन्ने बिषयमा हामीसंग प्रसस्त प्रमाणहरु छन । राजनैतिक पार्टीको बैठकले निर्णय गरेर कुन पदमा को को एनआरएनमा पठाउने भनेर निर्णय गरेर पठाउछन,अव भन्नुहोस राजनीतिबाट मुक्त एनआरएन भन्ने अनि राजनीतिबाट निर्णय गरेर आउने यो कसरी मिल्यो ? यदि म कुनै संगठनको निर्णयबाट अध्यक्षको प्रत्यसी भएको प्रमाण लिएर आउन ती साथीहरुलाई चुनौति दिन्छु ।
अहिले उठेको बिषय भनेको समाजलाई कसरी एकता बनाई राख्ने भन्ने हो । बेलायतको सवालमा जनजातिको समस्या मुख्य हो । जनजातिलाई भोट बैकंको रुपमा बुभ्mने जुन समस्या छ,त्यो बिषयमा जनजातिले आप्mनो माग राख्न नपाउने ? प्रकृयामा भएको त्रुटी सच्याउने कि भाग्ने ? अहिलेको समस्या उत्पन्न भए पछि म आठ दस वटा अन्तकृयामा सहभागी भई सकेको छु तर अरु साथीहरु कता हुनुहुन्छ ? सम्पूर्ण जनजाति र संघ संगठनलाई बाहिर राखेर कस्तो एनआरएन बनाउन खोज्दै हुनुहुन्छ ?
नेपालकै राजनीतिको प्रतिबिम्व बेलायतमा पनि देखिको हो ?
नेपालकै राजनीतिक प्रतिबिम्व बेलायतमा देखिएको छ भन्ने त लाग्दैन । नेपालमा रहेका नेपालीहरुको समस्या र बेलायतमा रहेका नेपालीहरुको समस्या अलि भिन्न प्रकारका छन । तर पनि केहि बिषयहरुमा हामीहरुले समान रुपले सोचिरहेका हुन्छौं । जस्तै कस्तो नेपाल बनाउने भन्ने बिषयमा यहांका नेपालीहरुको बिभिन्न धारणा छ । नेपालमा जस्तै यहां पनि संघीयताका पक्ष र संघीयता बिरोधी दुईधारमा बिकास हुने जस्तो देखिन्छ । यो धुब्रिकरणको प्रकृया तिब्ररुपले बढेको छ ।
अन्तमा बेलायतबासी नेपालीलाई भन्नै पर्ने केहि बाँकी छन की ?
एनआरएन भित्रको बिकृति केहि हदसम्म सतहमा आएको छ । यो अभियानलाई आन्दोलनको रुपमा बिकास गर्नका लागी यहांहरुको साथ रहने छ । एनआरएन बेलायत संपुर्ण बेलायतबासी नेपालीको साझा बनाऔं भन्ने अभियानलाई यहांहरुको साथ पाउने छु भन्ने मा पुर्ण बिश्वास गर्दछु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us