बन्दका कारण पूर्वी तराईको जनजीवन कष्टकर

काठमाण्डु टुडे २०७० भदौ ३ गते ७:०० मा प्रकाशित

सुनसरी, ३ भदौ । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले गरेको हड्तालका कारण पूर्वी तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ ।
bandaहड्तालका कारण झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहालगायत जिल्ला ठप्प छन् ।
पूर्वपश्चिम राजमार्ग र मेची–कोसी राजमार्गका साथै स्थानीय सडकमा यातायातका साधन नचल्दा यात्रु मारमा परेका छन् । एम्बुलेन्स, प्रेस, शवबहान र कुटनीतिक नियोगका सवारी निर्वाध रुपमा चलेका छन् ।

अप्रिय घटना नहोस भन्नका लागि सडकहरुमा उल्लेख्य संख्यामा सुरक्षा तैनाथी बढाइएको छ । मोर्चाले विज्ञप्ति जारी गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जातीय पहिचानसहितको संघीयतालगायत माग राखेर खम्बुवान, लिम्बुवान, थरुहट र कोच मधेस क्षेत्रमा आम हड्ताल गरिएको जनाएको छ ।मोर्चामा विभिन्न ९ वटा समूह छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us