मनाङ्गेविरुद्धको सुनुवाई रोकियो

काठमाण्डु टुडे २०७० भदौ २ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, २ भदौ । गुण्डा नाइके दीपक मनाङ्गेविरुद्ध विशेष अदालतमा परेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको फैसला केही dipakदिनपछि हुने भएको छ ।
प्रहरीले मनाङ्गेलाई आइतबार विशेष अदालतमा पेश गरे पनि फैसला भने हुन सकेन । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अन्तिम फैसला हुने विशेष अदालतका रजिष्ट्रार धीर बहादुर चन्दले बताए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा बिशेष अदालतमा हाजिर हुन यसअघि दिएको आदेशको अवज्ञा गरेका मनाङ्गेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकोले शुक्रबार राति काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us