टोकियो : विभेदमूलक कानुनका साथै रोजगारमा रहेका महिलाको संख्या निरन्तर बढे पनि लैंगिक समानताका दृष्टिले बाँकी विश्वभन्दा जापान निकै पछि परेको देखिएको छ। व्यापक किसिमको विभेद यहाँ अझै कायम छ। विगत केही वर्षमा झिनो सुधार मात्र भएको छ। जापान विश्वकै सर्वाधिक औद्योगिकीकरण भएका मुलुकमध्ये एक हो, तर यहाँ पुरानो पर परा अद्यापि कायमै छ। यस्तै, पर परागत लैंगिक भूमिका नै विश्वकै तेस्रो सर्वाधिक ठूलो अर्थतन्त्र भएको जापानमा असमानताको स्रोत भएर देखा परेको छ।
राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसार विश्वका सर्वाधिक धनी मुलुकहरूमध्ये जापानमै सबैभन्दा बढी असमान अवस्था कायम छ। यो अन्तर अझ फराकिलो भइरहेको छ। गत अक्टोबरको विश्व आर्थिक मञ्चको वार्षिक प्रतिवेदनले लैंगिक अन्तरमा जापानलाई ९९ बाट १०१ औं स्थानमा पु:याएको थियो।
राजनीतिक र सामाजिक समानताका दृष्टिले ताजकिस्तान र जाम्बियासँगै जापान रहेको प्रतिवेदनमा उल्लेख छ। टोकियोस्थित निहोन विश्वविद्यालयका समाजशास्त्र विषयका प्राध्यापक युको ओगासावाराका नि ित जापानको स्तर खस्केको दृश्य आउनु कुनै आश्चर्य होइन। ‘यो मुलुकमा अझै पनि काम र परिवारलाई जोड्न अझै सकिएको छैन’, उनले बताइन्।
यही नै असमानताका निम्ति मु य कारण हो। मानिसहरू, चाहे ती पुरु ष हुन् वा महिला, हरेक दिन दस बजेस म काम गर्ने इच्छा रा छन्। यदि परिवार हुर्काउन चाहने मानिसका निम्तियो निकै ठूलो अवरोध हो।
पन्ध्र वर्षअघि ओगासावाराले एउटा पुस्तक’अफिस लेडिज एन्ड स्यालरिड यान’ प्रकाशन गरेकी थिइन्। पुस्तकमा एउटा जापानी कार्यालयको चित्रण गरिएको छ। पुस्तकमा महिलालाई क्लर्क र चिया बाँड्ने रूपमा तथा पुरुषलाई कार्यकारी तहतर्फ उकालो लाग्ने गरेको रूपमा देखाइएको छ। त्यसपछिका दिनहरूमा धेरै परिवर्तन आएको ओगासावाराले बताइन्।
अहिले महिला कार्यकारी अधिकृतको सं या निकै बढेको छ। ‘महिलालाई निकै मौका दिन थालिएको छ तर एउटा समस्या अझै छ। पहिलो बच्चा जन्मेपछि ७० प्रतिशत महिलाले काम छाड्छन्। आफ्ना बालबच्चा हुर्काएपछि महिलालाई पुन: काममा फर्कन असाध्यै कठिन हुन्छ’, जापानको एउटा सर्वाधिक ठूलो बैंकमा कार्यरत अर्थशास्त्री काथी मात्सुई भन्छिन्।
उनले सन् १९९९ देखि जापानी महिलाको रोजगारका विषयमा अध्ययन गरिरहेकी छन्।
‘कहिलेकाहीँ समस्या संस्थाभित्रै र उनीहरूको मूल्यांकन प्रणालीमा पर्दछ’, उनले भनिन्। अधिकांश मानवस्रोत विभागले दस वर्षस म केही काम नगरेको दे नासाथ महिलालाई अस्वीकृत गरिदिन्छन्। उनीहरूका नि ित, यसको अर्थ हो विगतमा सिकेको सबै कुरा महिलाले पूरै बिर्सन्छन्। त्यहीकारण काममा लिनका नि ित योग्य हुँदैनन्। यो निकै संवेदनशील विभेद हो।
‘आ नो करियर पुन: आर भ गर्न चाहने महिलाहरूले कम ज्यालामा अस्थायी काम पाउँछन्’, युको ओगासावाराले थपिन्। उनीहरू पूर्णकालीन कामदारको तुलनामा निकै सस्ता हुन्छन्। त्यसैले धेरै क पनीहरूले यस्तै पद्धतिलाई कायम राखिरहन चाहन्छन्। यसले सस्ता श्रमिक उपलब्ध गराइरहन्छ।
‘विभेद जापानका संस्थाहरूभित्र पनि गहिरो रूपमा स्थापित छ। जापानमा विभेदपूर्ण कानुनहरू पहिल्यैदेखि छन्’, ओसाका विश्वविद्यालयमा अर्थशास्त्र विषयकी प्राध्यापक योसियुकी टाकेचीले बताइन्। तर, अझै पनि कर, निवृत्तिभरण, सामाजिक सुरक्षा र स्वास्थ्य बिमा सुविधाहरू कामकाजी बुवासँग आश्रित चार व्यक्ति परिवार र घरमा रहेकी आमाको नमुनामा आधारित छ।
जापानमा, पत्नी घरमै बिनाकाम रहेको अवस्थामा पुरुषहरूलाई क पनीहरूले बढी तलब दिन्छन्। महिलाहरूले अस्थायी काम थालेमा केही सीमित रकम कमाउन सक्छन्। आजका जे जति नियम छन्, ती सन् सत्तरीको दशकको अर्थतन्त्रको यथार्थतालाई आधार मानेर निर्माण गरिएका हुन्। यिनीहरूमा त्यसयता मुस्किलले परिवर्तन गरिएको छ।
यसैबीच जापानको आर्थिक यथार्थता तीव्र रूपमा परिवर्तन भइरहेको छ। बीस वर्षअघि नै आरम्भ भएको मुलुकको आर्थिक मन्दीले गम्भीर समस्यामा पारेको छ। यहाँको जनसंख्यामा उमेर ढल्केका व्यक्तिहरूको सं या तीव्र रूपमा बढ्दै छ। जन्मदर घट्दै छ।
सन् २०५५ भित्र मुलुकको जनसं या करिब ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ। ‘कामकाजी मानिसको सं या खुम्चिदै छ। जापान आप्रवासीका निम्ति त्यति खुला पनि छैन’, काथी मात्सुईले बताइन्।
विद्यमान जनसं यालाई बढी मात्रामा उपयोग गर्नुबाहेक अर्को विकल्प देखिँदैन। महिलाहरूले जापानको कुल जनसं याको झन्डै ५० प्रतिशत स्थान ओगटेका छन्। उनीहरू निकै शिक्षित छन्, तर कुनै निश्चित उमेरमा काम गर्न छाड्छन्। ‘महिलालाई पुन: काममा फर्काउनुबाहेक अर्को त्यति राम्रो विकल्प देखिएको छैन। यो महिलावादी दृष्टिकोण होइन’, एकजना अर्थशास्त्रीको वस्तुवादी विश्लेषण हो।
तथापि, जापानी समाज यो विचारलाई त्यति सहजै स्वीकार गरिहाल्ने पक्षमा देखिन्न। डिसे बरमा जापान सरकारले गरेको मतसर्वेक्षणमा ५१ प्रतिशतले पति काममा जानु र पत्नी घरमै बसी परिवारको हेरचाह गर्नु ठीक हुने देखाएको छ।
सन् २००९ मा गरिएको त्यस्तै सर्वेक्षणमा व्यक्त विचारभन्दा यो १०.३ प्रतिशत बढी हो। यस्तो वृद्धि खासगरी २० देखि ३० वर्षको उमेर समूहमा देखिएको छ। ‘आजका युवापुस्ताले कामकाजी आमासँग हुर्कनुको अर्थ सायद बुझेका छन्’, बेल्जियमकी पुरातत्त्वविद् सुजान अकिदा भन्छिन्। उनी विगत ४० वर्षभन्दा बढी समयदेखि जापानमा बसेर पढाउँदै आएकी छन्। विगतमा धेरै जापानी महिलाले आ नो व्यक्तिगत जीवनलाई बेवास्ता गरी करियर अगाडि बढाउन निकै प्रयत्न गर्दथे। आज उनीहरू त्यो सही कुरा थियो वा थिएन भनेर पुनर्विचार गर्न थालेका छन्। —आईपीएस/एनपीआई