विमानस्थलको धावनमार्ग फेरि भत्कियो

काठमाण्डु टुडे २०७० साउन ३२ गते ९:१० मा प्रकाशित

काठमाण्डु, ३२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग फेरि भत्किएको छ ।
विमानस्थल स्रोतका अनुसार धावनमार्ग भत्किएपछि अवतरण हुन लागेका विमानलाई डाईभर्ट गरिएको छ । एक अधिकारीका अनुसार विमानस्थलको सी र डी ईन्टरसेक्सन बीचको धावनमार्ग भत्किएको हो । यसअघि गत आइतबार मात्र धावनमार्ग भत्किँदा अवरुद्ध भएको थियो । नियमित चेकजाँचका क्रममा धावनमार्गमा त्रुटि भेटिएपछि आधा घण्टाका लागि अवतरण रोकिएको विमानस्थल अधिकारीले बताएका छन् ।

ran wayनेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलका रुपमा रहेको त्रिभुवन विभानस्थल सन् १९६७ मा बनाइएको हो । साना विमानलाई लक्षित गरेर बनाइएको विमानस्थलमा अत्याधिक भारवहन जहाज अवतरण गराइएका कारण धावनमार्ग धुजाधुजा भएको अधिकारीहरु बताउँछन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us