चुनाव सार्ने कल्पनै नगरौँ: प्रचण्ड

काठमाण्डु टुडे २०७० साउन ३२ गते ७:२२ मा प्रकाशित

भैरहवा, ३२ साउन । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मसिर ४ गतेका लागि घोषित सविधानसभा निर्वाचन सर्ने कुरा कल्पनासमेत गर्न नसक्ने बताएका छन् ।
prachandaक्रान्तिकारी पत्रकार संघ रुपन्देहीले भैरहवामा गरेको पत्रकार भेटमाटमा प्रचण्डले कुनै हालतमा निर्वाचन पछि नसर्ने बताए । तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका नगर्न सबैसँग प्रचण्डको आग्रह थियो । निर्वाचन सर्नेबारे सञ्चारमाध्यममा आएका हल्लाको पछि नलाग्न प्रचण्डको अनुरोध छ ।
उपेन्द्र यादव नेतृत्वको मोर्चासँग बिहीबार भएको सहमतिले निर्वाचनको वातावरण बनेको र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चा पनि छिट्टै सहमतिमा आउने दाबी उनले गरे । निर्वाचनमा नआए वैद्य समूहले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी प्रचण्डले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us