‘नेपाल–भारत वीच साझेदारी धेरै क्षेत्रमा’

काठमाण्डु टुडे २०७० साउन ३२ गते ६:२३ मा प्रकाशित

काठमाण्डु ३२ साउन-नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपाल र भारतका वीचमा धेरै क्षेत्रमा साझेदारी हुन सक्ने बताएका छन । गणतन्त्र भारतको ६७ औं flagस्वतन्त्रता दिवसका अवसरमा राजदूत प्रसादले नेपाललाई भगवान्को वरदान स्वरुप प्राप्त देशको संज्ञा दिए । नेपालको प्राकृतिक स्रोतको कुनै तुलना हुन नसक्ने उनले बताए ।
‘नेपाल र भारत सामाजिक आर्थिक विकासको साझेदार हुन ।यी दुई देशबीच अन्य धेरै क्षेत्रमा साझेदारी हुन सक्दछ’उनले भने ‘प्रकृति, इतिहास र संस्कृतिले यी दुई देशबीच जसरी जोडिन्छ अन्य कुनै पनि देशसँग जोडिँदैन ।’ नेपाल–भारत मैत्री सङ्घ, केन्द्रीय समितिद्धारा शुक्रवार काठमाण्डुमा आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा उनले भारतीय स्वतन्त्रता सङ्ग्राममा योगदान दिने नेपाली र भारतीय नेताहरुलाई नेपालमा शरण दिनेहरुलाई सम्झिए ।कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान दिए बापत इन्टरनेशनल सेन्टर फर एकेडेमिक्सका अध्यक्ष विश्वजीत मुखर्जी र डा. चन्द्रकान्त पौडेललाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

यसैवीच गृहमन्त्री माधवप्रसाद घिमिरेले मंसिर ४ को निर्वाचन सफल पार्न भारतीय सहयोग अपरीहार्य रहेको बताए। नेपाल भारत महिला मैत्री समाजद्धारा ६७ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री घिमिरेले नेपालको निर्वाचनको सफलताको लागि भारतीय सहयोग अत्यावश्यक रहेको बताएका हुन। मन्त्री घिमिरेले नेपालको स्थायित्व र विकासको लागि भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल भारतकाबीच सामाजिक,सास्कृतिक,आर्थिक र भौगोलिकका साथै राजनीतिक सम्वन्ध रहदै आएको उल्लेख गर्दै मन्त्री घिमिरेले नेपाल भारत सम्वन्धलाई अझै सुदृढ र प्रगाढ गराउनु पर्नेमा जोड दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us