समितिले राई र सरकारले वैद्यसँग वार्ता गर्ने

काठमाण्डु टुडे २०७० साउन ३२ गते ३:२५ मा प्रकाशित

काठमाडौँ, ३२ साउन । उच्चस्तरीय राजनीतिक समिति र सरकारले निर्वाचन प्रक्रियामा असहमत दलसँग आज निर्णायक वार्ता गर्दैछन् ।
समितिले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र सरकारले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चासँग छुट्टाछुट्टै वार्ता गर्न लागेको हो । दिउँसो हुने वार्ता निर्णायक दाबी दुवै पक्षले गरेका छन् । संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले उस्तरीय समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच भएको सहमतिमा आफूहरुका समेत केही माग सम्बोधन भएकाले वार्ता साकारात्मक हुने बताए ।

संघीय समाजवादीले सरकार गठनअघि भएको ११ बुँदे सहमति, २५ बुँदे बाधाअड्काउ आदेश र सरकारको खारेजी, उच्चस्तरीय समिति विस्तार र सविधानसभामा समानुपातिक प्रतिनिधित्व बढाउनुपर्ने माग राख्दै आएको छ ।
सरकार र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाबीच बिहीबार हुने भनिएको वार्ता गृहकार्य नपुगेको भन्दै आजका लागि सारिएको थियो । गत मगलबार भएको वार्तामा मोर्चाले सरकारसमक्ष वर्तमान सरकार खारेज गरी दलीय नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्नेसहित १८ बुँदे मात्र पत्र पेश गरेको छ । सरकारी वार्ता टोली सयोजक गृहमन्त्री माधव घिमिरेले यसअघिकै वार्तामा सरकार विघटनबारे छलफल गर्न नसकिने जवाफ दिइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us