निर्धारित मितिमै चुनाव हुनेमा शंका नगर्न रेग्मीको आग्रह

काठमाण्डु टुडे २०७० साउन २७ गते ११:०२ मा प्रकाशित

काठमाडौँ, २७ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन कुनै पनि बहानामा पछि सार्न नहुने बताउनु khilrajभएको छ । सरकार र निर्वाचन आयोगले सबै तयारी गरिसकेकाले मंसिर ४ गते निर्वाचन हुनेमा शंका नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबको पाँचौ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै रेग्मीले वर्तमान सरकार चुनावी प्रयोजनका लागि बनेकाले आफ्नो सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित रहेको बताउनुभयो ।
अध्यक्ष रेग्मीले ग्रामीण भेगका निम्न वर्ग र समुदायसम्म निर्वाचनलाई उच्च प्राथमिकता दिई सूचना तथा सामग्री प्रस्तुत गर्न सामुदायिक रेडियोहरुलाई आग्रह गर्नुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us