असन्तुष्ट दलका मागमा लचक हुने काँग्रेस–एमाले निर्णय

काठमाण्डु टुडे २०७० साउन २७ गते १३:५९ मा प्रकाशित

काठमाडौँ, २७ साउन । असन्तुष्ट दलका माग सम्बोधन गर्दै निर्धारित मितिमै चुनाव गराउन नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् । ललितपुरको बालकुमारीमा CPN-UML-FLag4_20120529085323आइतबार भएको दुई दलका शीर्ष नेताको बैठकले असन्तुष्ट दललाई चुनावमा सहभागी गराउन लचक हुने निर्णय गरेको हो ।
घोषिथत मितिमै संविधानसभा निर्वाचनमा सहभागी हुने सर्तमा नेकपा–माओवादी र संघीय गणतान्त्रिक मोर्चाका माग सम्बोधन गर्न हदैसम्मको लचकता अपनाउन दुवै पार्टीले सैद्धान्तिक सहमति जनाएको बैठकपछि कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो ।
एमाले नेता रघजीु पन्तले असन्तुष्ट दलका सबै माग पूरा गर्न नसकिने र जायज मागलाई मात्र सम्बोधन गर्ने निर्णय भएको बताउनुभयो । बैठकमा कांग्रेस र एमालेका शिर्ष नेताहरु सहभागि थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us