घलेबाट एनआरएन अध्यक्षमा उम्मेद्वारी घोषणा

काठमाण्डु टुडे २०७० साउन २४ गते ११:१६ मा प्रकाशित

काठमाडौँ, २४ साउन ।  अष्ट्रेलियाका प्रतिष्ठित नेपाली व्यवसायी शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

shesh_ghaleराजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर घलेले आगामी कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा घलेले उम्मेद्वारीसँगै चुनावी घोषणापत्र पनि सार्वजनिक गरे । एनआरएन अध्यक्षमा यसअघि तेन्जी शेर्पा, हितमान तामाङ र रामप्रताप थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
घलेले घोषणापत्रमा आफू अध्यक्षमा निर्वाचित भए भए एनआरएनको दर्ता, सुरक्षित आप्रवासका साथै वैदेशिक रोजगारी व्यवस्थि तगर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए ।

यस्तै उनले विदेशमा रहेका नेपालीलाई दोहोरो नागरिकता दिलाउनसमेत आफूले पहल गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us