
काठमाडौं, २३ साउन । असन्तुष्ट दलले राखेका मागबारे प्रमुख दलहरुले पहिला पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन् ।
उच्चस्तरीय राजनीतिक समितिको बुधबार नयाँबानेश्वरमा बसेको बैठकले बिहीबारसम्म पार्टीभित्र छलफल गरेपछि पुनः शुक्रबार असन्तुष्टसँग वार्ता गर्ने निर्णय गरेको छ । समितिले बिहीबार अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग वार्तामा बस्ने गर्ने निर्नय गरेको छ ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबार राईसँगको वार्तापछि उठेका मागबारे प्रमुख दलले आन्तरिक छलफल गर्नेछन् ।
समितिले मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावको मितिबारे भने कुनै सम्झौता नगर्ने निर्णय गरेको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले असन्तुष्ट दलका मागमा गम्भीर रहेको बताए ।