कम्युनिष्ट संस्थापक कर्माचार्यको सम्झनामा पोर्तुगलमा कार्यक्रम

काठमाण्डु टुडे २०७० साउन २३ गते ७:३५ मा प्रकाशित

पोर्तुगल, २३ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा एकीकृत माओवादीका संरक्षक नरबहादुर कर्माचार्यप्रति पोर्चुगलमा रहेका नेपालीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
स्वर्गीय कर्माचार्यको स्वर्गाहरण भएको तेह्रौं दिनको पुण्य तिथिको अवसरमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले श्रज्ञाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शिव अर्याल, दीपक राना र डीलाराम चापागाईं तथा शेरसिंह ठकुरलगायतले सम्बोधन गरेका थिए ।

वक्ताहरूले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुको उद्देश्य अझै पूरा नभएको बताए । संसारको जुनसुकै कुनामा पुगेको भएपनि मिलेर नेता कर्माचार्यले कम्युनिष्ट पार्टी स्थापना गर्दा लिएको साम्यवाद हुँदै समाजवादमा पुग्ने लक्ष्य पूरा गर्नुपर्ने उनीहरुको भनाइ थियो । पोर्तुगलको लिस्बोनस्थित फिस्टेल रेस्टुरेण्टमा भएको कार्यक्रमको अध्यक्षता रामबहादुर र सञ्चालन नारायणप्रसाद सुवेदीले गर्नुभएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us