जेलमै बसेर श्रीमतिलाई चुनाव लडाउने खुमबहादुरको दाउ

काठमाण्डु टुडे २०७० भदौ १५ गते ८:१२ मा प्रकाशित

काठमाण्डु, १५ भदौ । संविधानसभा निर्वाचन नजिकिँदै जाँदा काँग्रेसभित्रका गुटहरु सक्रिय बन्न थालेका छन् । त्यति मात्र होइन, गुटका नेताहरुले khum bahadurआगामी चुनावका लागि पार्टीका उम्मेद्वार समेत आफैं छान्न थालेका छन् । काँग्रेस स्रोतका अनुसार डिल्लीबजार चारखाल जेलमा भ्रष्टाचारको मुद्धामा खेपिरहेका नेता खुमबहादुर खड्काले संविधानसभा चुनावमा श्रीमतिलाई उठाउने तयारी सुरु गरेका छन् ।
आफू भ्रष्टाचार आरोपमा जेल परेपछि खड्काले श्रीमतिलाई अगाडि बढाउन खोजेका छन् । त्यसका लागि उनले जेलबाटै काँग्रेसको एउटा गुट चलाइरहेका छन् । आफू जेल परेपछि परिस्थिति फेरिए पनि उनले आपूmनिकटमार्पmत पार्टीमा प्रभाव जमाउने कोसिस छाडेका छैनन् । चुनावको मुखमा पार्टीभित्र हस्तक्षेप गर्न नसके आफू  कमजोर हुने खड्काको आँकलन छ ।
चुनावमा बाँडिने टिकटको व्यवस्थापन गर्न बनाइने संसदीय बोर्डमा पकड राख्ने उनको प्रयास कायमै छ । यसैमार्फत उनी आफ्नो श्रीमितिलाई चुनावमा उठाउने वातवरण बनाउन चाहेको काँग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए उनले दाङ क्षेत्र नम्बर १ बाट उम्मेद्वारका रुपमा श्रीमति शीला खड्काको नाम सिफारिस गराउने सफलता समेत पाइसकेका छन् । उनको नाम एक नम्बरमा सिफारिस गरिएको छ । दोश्रो र तेस्रो नम्बरमा जानकी लाल बस्नेत र बासुदेव जंगलीको नाम छ । गत संविधानसभा निर्वाचनमा खड्का सोही क्षेत्रमा एकीकृत माओवादीका इन्द्रजित थारुसँग सात हजार मतअन्तरले पराजित भएका थिए ।

उनले हार्नुमा दाङको लमहीमा ६ माओवादी कार्यकर्ताको सामूहिक हत्या गुर्नलाई पनि एउटा कारण मानिएको छ । नेता खड्काले श्रीमतिको चुनाव खर्चका लागि अहिले जेलभित्रैबाट रकम असुली, ठेक्कापट्टालगायत काम पनि गरेका छन् । अहिले पनि कयौं गुण्डा नाइके खड्कालाई भेट्न डिल्लीबजार जेल जानेको डिल्ली बजार जेल प्रशासनले बताउँदै आएको छ । ती गुण्डाहरुले खड्काको योजनामा रकम असुली र ठेक्कापट्टाको काम गराउने स्रोतको दाबी छ । खड्काले जेलबाट छुट्ने बेला शक्ति प्रर्दशन गर्न भन्दै तरुण दलका कार्यकर्तालाई टिसर्ट बाँड्नसमेत लगानी गरिसकेका छन् ।
खड्काले जेलबाट छुटेलगत्तै देउवा खेमामा जाने संकेत पनि दिएका छन् । आफूमाथि लागेको मुद्दामा आममाफी गराउन नसकेको भन्दै पार्टी नेतृत्वस“ग खड्का असन्तुष्ट छन् । तर पार्टी संस्थापन पक्षस“ग बार्गेनिङको राजनीतिलाई भने खड्काले जारी राखेको काँग्रेस स्रोत बताउँछ । पार्टी नेतृत्वले मूलधारको राजनीतिमा प्रभाव पार्न नसकिरहेका बेला जेलबाट छुटेपछि देउवा पक्षस“ग नजिक भएर काम गर्ने मनस्थितिमा खड्का पुगेका छन् । संस्थापन र देउवा पक्षमा जति केन्द्रीय सदस्य नभए पनि कार्यकर्तामा खड्काको राम्रो प्रभाव छ ।

अजयकुमार चौरसिया, पुष्पा भुसाल, शंकर भण्डारी, पार्वती डिसी चौधरी, ईश्वरी न्यौपानेसहितका केन्द्रीय सदस्य खड्कालाई साथ दिएका छन् । यिनै नेतामार्फत संस्थापन पक्षसँग बार्गेनिङ हुँदै आएको बताइन्छ । तर, सभापति कोइराला आफू साझा जीवनमा विश्वास गर्ने मान्छे भएको भन्दै खड्कालाई विश्वास नगर्ने पक्षमा छन् । पार्टीको १२औ“ महाधिवेशनसम्म दुईवटा मात्रै समूह रहेको काँग्रेसमा अहिले आधा दर्जन गुट सक्रिय छन् ।

गुटका कारण पार्टीमा सभापति सुशील कोइराला कमजोर बनेका छन् । संविधानसभा चुनावपछि सत्तासँग नजोडिए पनि आन्तरिक विवादकै कारण काँग्रेसमा गुटबन्दी मौलाएको छ । काँग्रेसमा संस्थापनबाहेक वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, खड्का, कुलबहादुर गुरुङ–गोविन्दराज जोशी र सुजाता कोइरालाका गरी पाँच गुट छन् । सबै गुटले चुनावमा कसरी आफ्नो समूहलाई हावी गराउने भन्नेमा समय खर्चन थालेका छन् । काँग्रेसले अहिलेसम्म उम्मेद्वार चयन गर्ने निकाय संसदीय बोर्ड गठनसमेत गर्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us