बबई नदीमा डुबेर तीन जना बेपत्ता

काठमाण्डु टुडे २०७० भदौ १५ गते ६:५० मा प्रकाशित

बर्दिया, १५ भदौ– बर्दिया गुलरियाका तीन युवा बबई नदीमा डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गुलरिया नगरपालिका–४ का निमकठियाका २५ वर्षीय डमडम चमार, १८ वर्षीय श्यामु चमार र १८ वर्षकै सुरज चमार रहेको प्रहरीले जनाएको छ । कृष्णअष्टमीका दिन बनाइएको कृष्ण मुर्ति सेलाउन गएका बेला उनीहरुलाई नदीले बगाएको बताइएको छ ।

बेपत्ताको खोजीमा प्रहरी र स्थानीय खटिएका छन् । नदीमा पानीको बहाव उच्च रेहका कारण खोजीकार्य कठिन भएको जिल्ला प्रहरीले कार्यालय बर्दियाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us