चार दलका नेताले यादव र रेग्मीलाई भने: वैद्य निर्वाचनमा आउँदैनन्

काठमाण्डु टुडे २०७० भदौ १५ गते ७:४० मा प्रकाशित

high-lavel-finalकाठमाण्डु, १५ भदौ– उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्रमुख चार दलका नेताले राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमक्ष मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा सहभागी नहुने ब्रिफिङ गरेका छन् ।
राष्ट्रपति यादव र अध्यक्ष रेग्मीलाई शनिबार छुट्टाछुट्टै भेट गरी वैद्यको भित्रि मनसाय निर्वाचनमा आउनु नरहेको बताएका हुन् । वैद्यले वार्तालाई रणनीतिका रुपमा लिन खोजेको आरोप उनीहरूको छ । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी भने निर्वाचनमा आफूहरु आश्वस्त रहेको उनीहरुले बताएका छन् । ती दुवै भेटमा नेताहरुले यादव नेतृत्वको मोर्चासँग भएको ६ बुँदे सहमतिलाई कानुनी रुप दिन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us