नेपालमा शक्तिशाली भूकम्पको धक्का

काठमाण्डु टुडे २०७० भदौ १४ गते १८:१० मा प्रकाशित

काठमाण्डु, १४ भदौ  । नेपालमा शुक्रबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
राति ११ बजेर ३२ मिनेटमा काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
चीनसँग सीमा जोडिएको दोलखाको  जिरीभन्दा ७५ किलोमिटर उत्तरमा पर्ने कोदारीलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको रँष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।
काठमाण्डुमा भूकम्प आएलगत्तै मानिसहरु घरबाट बाहिर सुरक्षित स्थानमा निस्किएका  थिए । भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । काठमाडौँ कीर्तिपुरका बासिन्दा फेरि भूकम्प जान सक्ने आशंकामा मानिसहरु नसुतेको पत्रकार केपी खनालले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us