
काठमाडौं १४, भाद्र । उच्चस्तरिय राजनीतिक समितिकोले असन्तुष्ट दलहरुका मागबारे भोली राष्ट्रपति र सरकारसँग छलफल गर्ने भएको छ । आज बसेको समितिको बैठकले भोली विहान ८ बजे मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग र ९ बजे राष्ट्रपति रामवरण यादवसँग छलफल गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी नेतृत्वको मोर्चा लगायतका असन्तुष्ट दलले चुनाव सार्नुपर्ने र उच्चस्तरीय समिति भंग गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।
असन्तुष्ट दलको माग कसरी सम्बोधन गर्ने भन्नेबारे राष्टपति र सरकारसँग छुट्टा छुट्टै छलफल गर्ने निर्णय भएको नेताहरुले जानकारी दिएका छन् ।