सशस्त्र गतिविधि त्यागेर आमरण अनशन

काठमाण्डु टुडे २०७० भदौ १४ गते ९:४८ मा प्रकाशित

Ansonनेपालगन्ज, १४ भदौ– सशस्त्र गतिविधि त्यागेको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह समूह)ले सरकारसँगको वार्तामा भएका सहमति कार्यान्वयनको माग गर्दै आमरण अनशन शुरु गरेको छ ।

बाँकेको नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मूल गेटमा सुरु गरिएको आमरण अनशनमा वार्ता समितिका संयोजक मनोज मण्डल (सुभाष सिंह), पार्टी प्रवक्ता सिकन्दर वागी र प्रल्हाद महरा (तुफान) सहभागी छन् ।

आफूहरुले सरकारलाई हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आउन खोजे पनि सरकारले विगतको सहमति कार्यान्वयन नगरेकोले अनशन शुरु गरेको प्रवक्ता वागीले बताए । आमरण अनशनबाट माग पूरा गर्न सरकारलाई दवाव पुग्ने उनको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us