मुटु रोगको उपचार अब चितवनमै

काठमाण्डु टुडे २०७० भदौ १४ गते ९:४४ मा प्रकाशित

Chitwan-Finalचितवन, १४ भदौ–चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी)ले अत्याधुनिक प्रविधि जडान गरी मुटु रोगसम्बन्धि उपचार सेवा सुरु गरेको छ । सात करोड पर्ने क्याथ ल्याब जडान गरी अस्पतालले उपत्यकाबाहिर पहिलोपटक यस्तो सेवा सुरु गरेको हो ।

विहीबार भरतपुरस्थित अस्पतालमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक तथा बरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला र प्रा.डा. यादव भट्टले क्याथ–ल्यावको संयुक्त रुपमा उदघाटन गरे । कार्यक्रममा डा.कोइरालालले मुटु रोगको उपचारमा काठमाडौं नै धाउनुपर्ने बाध्यताबाट बिरामीलाई मुक्ति मिलेको बताए ।

अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले स्थापनाकौ छैठौं वर्षमै धेरै दुःख गरेर आफूहरुले नया“ प्रविधियुक्त सेवा दिन सफल भएको बताए । उनले भने, ‘चितवनमा बिरामीको सेवाको लागि केही गर्नैपर्छ भन्ने उद्देश्यले हामीले यो सेवा सुरु गरेका हौं,’ उनले भने, ‘यसले बिरामीलाई मात्र नभई कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई पनि महत्वपूर्ण उपलब्धि हुने छ ।’

क्याथ–ल्याव प्रविधिबाट मुटुको एन्जियोग्राफि, एन्जियाप्लाष्टि, मुटुका साँघुरो भल्भ खोल्न मद्दत गर्नुका साथै मुटु बाहिरका रक्तनलीहरुमा रगत ‘ब्लक’ भएको छ छैन भनि जाँच र उपचार गर्न समेत सकिने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us