आफूलाई बेवास्ता गरे नयाँ द्वन्द्व शुरु हुने राईको चेतावनी

काठमाण्डु टुडे २०७० भदौ १४ गते ८:०३ मा प्रकाशित

ashok raiतनहुँ, १४ भदौ– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आन्दोलनमा रहेका राजनीतिक दललाई उपेक्षा गरी संविधानसभा चुनाव गरेमा नयाँ द्वन्द्व सिर्जना हुने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले उच्चस्तरीय राजनीतिक समितिले पूर्व तयारी विना असन्तुष्ट दलहरुसँग वार्ता गरेकोले समस्या समाधान हुन नसकेको जिकीर गरे । ‘हतारमा वार्ता गरेकोले समस्या झन् बल्झियो,’ अध्यक्ष राईले भने, ‘वार्तामा बस्नु अघि पर्याप्त तयारी गर्नु पर्दथ्यो ।’

आफ्नो पार्टीले यथास्थितिमा चुनावमा भाग नलिने उनले दोहोर्याए । निर्बाचनका लागि उच्चस्तरीय राजनीतिक समिति खारेजी गरी सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्ने उनको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us