सप्तरीमा छुरा प्रहारबाट युवकको हत्या,चारजना पक्राउ

काठमाण्डु टुडे २०७० भदौ १४ गते ७:२७ मा प्रकाशित

सप्तरी, १४ भदौ– सप्तरीको राजविराजमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । राधाकृष्ण मेलामा दुई युवा समूहबीच झडप हुँदा स्थानीय १७ बर्षीय अनिल कुमार मण्डलको मृत्यु भएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते मण्डलको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चारजना युवालाई नियन्त्रणमा लिएको छ । रामकुमार मुखीया, सुजन राउत, कुसन यादव र सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

आक्रमणमा संलग्न अन्य चारजना फरार रहेको र उनीहरुको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us