
काठमाण्डु, १४ भदौ– चुनावी प्रकृयाप्रति असन्तुष्ट दलहरुसँग छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्दै छ । बैठक बेलुका ६ बजेपछि नयाँबानेश्वरस्थित समितिको सचिवालयमा बस्ने छ ।
बैठकमा चुनावी प्रकृयाप्रति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने उपाय र उनीहरुसँगको वार्तामा अपनाउन सकिने लचकताबारे छलफल हुने नेताहरुले बताएका छन् । खासगरी नेकपा माओवादी नेतृत्वको मोर्चाले मंसिर चार गतेको चुनाव विथोल्ने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेकोले उसलाई सहमतिमा ल्याउने उपायबारे छलफल केन्द्रित हुने बताइएको छ ।
गोलमेच सम्मेलन गर्ने सहमति भंगभएपछि माओवादीले आमहड्ताल लगायतका आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । उसले गोलमेच सम्मेलनको वातावरण बनाइदिन विहीबार राष्ट्रपति रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको थियो ।