ट्रक चोर्न खोज्ने भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७० भदौ १४ गते ५:३४ मा प्रकाशित

पर्वत, १४ भदौ– पर्वतको कुस्माबजारस्थित लोकतान्त्रिक चोकमा पार्किङ गरिराखेको ट्रक चोर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । किराना व्यवसायी देव शर्मा पौडेलको ट्रक चोरेर लैजाँदै गरेको अवस्थामा भारतको केरला घर भएका अलीअकवर अजिमलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले शुक्रबार विहान ३ बजे ग १ क ५३३ नम्बरको ट्रक चलाएर लैजाँदै गर्दा घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । ड्राइभरले गाडीमै चाबी छाडेकाले सबै सुतिसकेको मौका पारेर निजले ट्रक लिएर हिँडेका हुन् । ट्रकमा बिस्कुट, चाउचाउ लगायतका खाद्यवस्तुहरू राखिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बताउनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us