वेपत्ता नागरिकको अवस्था सार्बजनिक गर : आयोग

काठमाण्डु टुडे २०७० भदौ १४ गते ४:२८ मा प्रकाशित

National-Human-rights-commisionकाठमाण्डु, १४ भदौ– राष्ट्रिय मानव अधिकार आयोगले वेपत्ता नागरिकहरुको अवस्था तत्काल सार्बजनिक गर्न सरकारलाई आग्रह गरेको छ । व्यक्ति वेपत्ता पार्ने विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा विज्ञप्ति निकालेर आयोगले राज्य वा गैरराज्यपक्षबाट वेपत्ता पारिएका सबैको वास्तविकता सार्बजनिक गर्न सरकारलाई आग्रह गरेको हो ।

आयोगले वेपत्ता पारिएकाको परिवारलाई राहत तथा क्षतिपूर्ति दिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार व्यक्ति वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइदै छ । नेपालमा १० बर्षसम्म चलेको सशस्त्र युद्धको बेला राज्य र गैरराज्य पक्षबाट एक हजार भन्दा बढी वेपत्ता भएको बताइएको छ । शान्तिप्रकृयापछि पनि बिभिन्न पक्षबाट व्यक्तिहरुलाई वेपत्ता पार्नेक्रम जारी रहेकोप्रति सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us