जीवनको उत्पत्ति : पहिले पृथ्वी वा अन्य ग्रहमा ?

काठमाण्डु टुडे २०७० भदौ १३ गते ११:३४ मा प्रकाशित

marsजीवनको उत्पत्ति सबैभन्दा पहिले पृथ्वीमा भयो या अन्य ग्रहमा भन्ने जिज्ञासा सबैमा छ । एक नयाँ अनुसन्धानले के पत्ता लागेको छ भने सबैभन्दा पहिले जीवन मंग्रलग्रहमा थियो र, मंगलग्रहबाटै जीवन पृथ्वीसम्म आइपुगेको हो ।

इटलीको फ्लोरेन्समा भएको वैज्ञानिक सम्मेलनमा सहभागी शोधकर्ताहरुहरुका अनुसार पृथ्वीमा भन्दा पहिले मंगल ग्रहबाट जीवनको शुरुआत भएको थियो । यो अनुसन्धानबाट के बल मिलेको छ की अरबौं बर्ष पहिले मंगल ग्रहको वातावरण जीवन शुरु हुनकालागि पृथ्वीको तुलनामा धेरै अनुकूल थियो ।

वैज्ञानिकहरुले जीवनको सम्भावनाकालागि जरुरी तीन अवयवहरु आरएनए, डीएनए र प्रोटीन कसरी एक साथ आए होलान् भन्ने कुराको अनुसन्धानमा धेरै समय खर्चिएका छन् । यी अणुको आनुवंशिक पदार्थको निर्माण भयो जुन तीन अरब बर्ष पहिले पृथ्वीमा रहेको कार्बनिक रसायनभन्दा धेरै जटिल थियो ।

प्रोफेसर स्टीवन बेनरले भनेका छन्, ‘पृथ्वीको सतहमा बोरोन निकै कम थियो तर मंगल ग्रहमा पृथ्वीको तुलनामा शुष्क थियो र त्यहाँ पर्याप्त अक्सिजन थियो । पृथ्वीको वातावरण जीवनको उत्तपत्तिकालागि अनुकूल थिएन जबकी मंगल ग्रहमा यसकोलागि सबै परिस्थिति अनुकूल थियो ।’

बैज्ञानिकहरुका अनुसार सो समय पृथ्वीमा रहेका रसायनमा प्रकाश प्रवाह गर्ने आरएनए बन्दैनथ्यो बरु त्यसबाट तारकोल बन्दथ्यो । आरएनएलाई बनाउन परमाणुहरुलाई खनिजका क्रिष्टलीय सतहबाट गुज्रिनु पर्दथ्यो ।

अमेरिकाको गेसविलेस्थित वेष्टहीमर इन्स्टीट्युट अफ साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर बेनरका अनुसार पृथ्वीमा यस्ता खनिज पहिले नै समुद्रमा बिलाइसकेका थिए तर मंगल ग्रहमा प्रशस्त थियो । उनी भन्छन्, ‘यसले पुष्टि हुन्छ की जीवनको शुरुआत पहिले मंगलग्रहमा भएको थियो र उल्कापीण्डको माध्यमबाट यो पृथ्वीमा सरेको हो ।’
जीवनको शुरुआत मंगल ग्रहमा भएको र पछि पृथ्वीमा आएको भन्ने बिचार नयाँ होइन तर प्रोफेसर बेनरको बिचारले यसलाई नयाँ मोड दिएको छ ।

बेनरले सम्मेलनमा यस्तो निष्कर्ष पेश गरे जसबाट पुष्टि हुन्छ की बोरोन र मोलीब्डेनम जस्ता तत्व रहेका खनिज परमाणुलाई मिलाएर जीवनको उत्पत्ती हुने खालको अणु बन्न मद्दत पुगेको हुनसक्छ । – बीबीसीको अनलाइन संस्करणबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us