रातीको फोनले सँस्कृति भ्रष्ट !

काठमाण्डु टुडे २०७० भदौ १३ गते ६:२३ मा प्रकाशित

Phoneदिनभरको दौडधूप र कामको व्यस्ततापछि मानिसहरु रातीमा अलि फुर्सदिला हुन्छन् । त्यसैले मन मिल्नेहरुसँग रातीमा फोनमा घण्टौं कुराकानी गर्नेहरु हुन्छन् । ग्राहकको आनिवानी राम्रोसँग बुझेका दुरसन्चार कम्पनिहरुले पनि रातीको समयमा फोनमा कुराकानी गर्नेहरुकालागि सुविधा धेरै दिएका हुन्छन् ।

नेपालमा जस्तै पाकिस्तानका दुरसन्चार सेवा प्रदायक कम्पनिहरुले कल महसुलमा छुट लगायतका सुविधा दिएका छन् । तर, त्यहाँको सरकारले त्यसमा रोक लगाएको छ । सरकारको निष्कर्ष छ की रातभर फोनमा विताउनेहरु साँस्कृतिक रुपमा भ्रष्ट हुन्छन् । त्यसैले पाकिस्तान सरकारले दुरसन्चार सेवा प्रदायक कम्पनिहरुलाई रातीमा दिने सुविधाको प्याकेजमा रोक लगाउन निर्देशन दिएको छ । पाकिस्तानका सूचना मन्त्री अनुषा रहमानले भनेकी छन्, ‘दूरसन्चार कम्पनिहरुले पाकिस्तानको सँस्कृतिलाई बिगारी रहेका छन् ।’

नागरिक सामाज, सामाजिक सन्जाल, उपभोक्ता र सरोकारवाला निकायले सरकारको यो भनाईको कडा आलोचना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us