
पोखरा, १० भदौ । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा बखानसिंह तमु चयन भएका छन् । कास्कीको पोखरामा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनले बखानसिंहको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिका तीन उपाध्यक्षमा लालबहादुर तमु, शोमती तमु र जितबहादुर तमु रहेका छन् । यसैगरी महासचिवमा लक्ष्मी तमु, सचिवमा छमबहादुर तमु, चन्द्रकला तमु, अम्बीर तमु र जिएस तमु तथा कोषाध्यक्षमा घना तमु रहेका छन् ।