इराकमा श्रृखंलाबद्ध बिस्फोट, ४६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ १० गते ६:११ मा प्रकाशित

Iraqकाठमाण्डु, १० भदौ–इराकका बिभिन्न स्थानमा भएका श्रृखंलाबद्ध बम बिस्फोटमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । अन्य थुप्रै घाइते भएका छन् । राजधानी बग्दाद, बकुबा, बालादलगायत शहरमा भएका विष्फोट र गोली हानीहान हुँदा ४६ जना मारिएको इराकी अधिकारीहरुले जानकारी दिएका छन् ।

बग्दादमा ११ जना र बकुबामा ९ जना मारिएका छन् । बकुबामा गराइएको ४ वटा बिस्फोटमध्ये दुईवटा शिया मुसलमानको विवाहस्थलमा भएका थिए । बालाद शहरमा कार बम बिष्फोट गराइदा ४ जना मारिएका छन् । यस्तै उत्तरी शहर मुसोलमा रोकेर राखेको सुरक्षाकर्मीको सवारी साधनमा विष्फोट हुँदा ५ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

इराकमा शिया र सुन्नी समुदायबीचको बढ्दो तनावले हिंसा जारी छ । हिंसामा परी यसै बर्ष मात्रै चार हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us