‘पशुअधिकार मानवअधिकार जत्तिकै संवेदनशील’

काठमाण्डु टुडे २०७० भदौ ९ गते १०:१० मा प्रकाशित

काठमाण्डु, ९ भदौ– पशु अधिकारकर्मीहरुले पशुको प्रयोग गर्दा उनीहरुको अधिकारमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् । राजधानीमा आइतबार पत्रकारसँग भएको अन्तकृयामा उनीहरुले धार्मिक परम्परालाई निरन्तरता दिने नाममा पशुअधिकारको उल्लंघन नगर्न सबैलाई अनुरोध गरे ।

पश अधिकारलाई मानवअधिकार र महिला तथा बालबालिकाको मुद्दा जत्तिकै संवेदनशील रुपमा लिन र त्यहि अनुसार व्यवहार गर्नुपर्ने उनीहरुको धारणा छ ।

एनिमल नेपालको सहयोगमा भएको कार्यक्रममा पशुअधिकारकर्मीहरुले बिशेषगरि दशैंमा हुने बलीप्रथा र जनावर ओसार पसारमा हुने अमानवीय तरिका रोक्न बिशेष अभियान चलाउने निर्णय गरेको जानकारी दिएका छन् ।

बर्डफ्लु नियन्त्रणका नाममा कुखुरा नष्ट पार्न अपनाइएको विधीमा समेत उनीहरुको असन्तुष्टि छ । संक्रमित पंक्षी मार्दा लाठीले हिर्काएर मार्नुभन्दा मानवीय विवेक प्रयोग गर्न उनीहरुले सरकारलाई सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us