
काठमाण्डु, ९ भदौ – नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद स्वदेश फर्कने कार्यक्रम स्थगित भएको छ । उनी आइतबार दिउँसो २ बजे स्वदेश फर्कने कार्यक्रम थियो ।
प्राविधिक कारण देखाउदै स्वदेश फिर्ता हुने कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको हो ।
२०६८ भदौ ८ गते राजदूत बनेर उनी नेपाल आएका थिए । उनको ठाउँमा भारतले रञ्जित रेलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरिसकेको छ । नेपाल मामिला जानकार उनी भदौको दोस्रो सातासम्ममा नेपाल आइपुग्ने बताइएको छ ।