चन्द्रमाको चट्टान काठमाडौँमा ल्याइँदै

काठमाण्डु टुडे २०७० भदौ ९ गते ८:५७ मा प्रकाशित

मोरङ, ९ भदौ । चन्द्रमाबाट ल्याइएको चट्टान अबदेखि काठमाडौँमा पनि अवलोकन गर्न पाइने भएको छ । हाल चन्द्रमाबाट ल्याइएको चट्टान सुनसरीको अमाहीबेल्हास्थित एभरेस्ट साइन्स सेन्टरमा प्रदर्शन गरिँदै आएको छ ।

अर्बौं वर्ष पुरानो मानिने २० ग्रामको ‘मेयरबसाल्ट’ नामको सो चट्टान यही भदौ १३ गतेदेखि काठमाडौंको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रदर्शनमा राखिने साइन्स सेन्टरका अध्यक्ष डा. दिलिप अधिकारीले जानकारी दिए ।

गत साउन २० गतेदेखि सुनसरीको सो चट्टान अमेरिकी अन्तरिक्ष यात्रीको संस्था नासाबाट नेपाल ल्याइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us