‘तोकिएकै समयमा निर्वाचन र छिट्टै संविधान’

काठमाण्डु टुडे २०७० भदौ ९ गते १०:१६ मा प्रकाशित

काठमाडौ, ९ भदौ–भारतीय जनता पार्टीका तर्फबाट राज्यसभामा विपक्षी दलका उपनेता एवम विदेश विभाग प्रमुख रविशंकर प्रसादले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन भएर छिट्टो संविधान निर्माण होस भन्ने भारतको चाहना व्यक्त गरेका छन ।
ravi sankerनेपालको तीन दिन भ्रमणमा आएका रविशंकरले आईतवार काठमाण्डुमा आयोजित कार्यक्रममा नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुलाई कसरी निर्वाचनमा ल्याउने भन्ने नेपालका राजनीतिक दलहरुको चिन्ताको विषय भएको भन्दै आफूहरुले त केवल तोकिएको समयमा निर्वाचन भएर छिट्टो संविधान बनोस भन्ने सुभेच्छा मात्र ब्यक्त गरेको स्पष्ट पारे ।

उनले भने‘नेपाल लोकतान्त्रिक देशको रुपमा अघि बढोस, संघीयता र गणतन्त्र अघि बढोस भन्ने हाम्रो चाहना हो तर यहाँ कस्तो संविधान, शासन ब्यवस्था र सरकार बनाउने भन्ने कुरा नेपाली जनता र यहाँका राजनीतिक दलले फैसला गर्ने कुरा हो ।’ यद्यपि उनले भारतको अनुभव सुनाउँदै लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्र न्यायपालिका, प्रजातान्त्रिक शासन ब्यवस्था उपयूक्त ब्यवस्था भएको धारणा प्रस्तुत गरे ।
निर्वाचन नेपाली जनता र दलले गर्ने भए पनि यसमा आफूहरुको सदभाव रहेको भन्दै उनले त्यसका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताए । नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ताको भारत सरकार, भारतका पार्टी र जनताले पूर्ण सम्मान गर्ने स्पष्ट पार्दै उनले नेपाल र भारतवीच आर्थिक विकास, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासकोलागि सहकार्य आवश्यक रहेको बताए ।
रविशंकरले नेपाल र भारतवीचको सम्बन्ध राजनीति भन्दा माथि सास्कृतिक एकताको आधारमा रहेको भन्दै अव यसलाई अझै पारस्परिक सम्मानको आधारमा अघि बढाउनु पर्नेमा जोड दिए । नेपाल र भारतवीच प्रगाढ र प्राचिन सास्कृतिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै भने‘यहाँ पशुपति नाथ भारतमा कासी, यहाँ सीतामाताको जनकपुर, हाम्रोमा भगवान रामको अयोध्या छ । यस्तो सम्बन्धलाई राजनीतिले प्रभावित पार्न हुँदैन ।’ रविशंकरले लोकतान्त्रिक नेपाल दुई मुलुकको सम्बन्ध विकासकोलागि अर्को कडि बन्ने विश्वास ब्यक्त गर्दै अझै नेपाल र भारतमा ६० प्रतिसत ३५ वर्षभन्दा कम उमेरका यूवाहरु रहेकोले अव सम्बन्धलाई उनीहरुको सोचको आधारमा पनि हेर्नु पर्ने सुझाव दिए ।
नेपाल र भारतवीच नक्कली नोटको कारोवार र सीमा पार अपराधको सामूहिक समस्या रहेको उल्लेख गर्दै रविशंकले त्यसलाई अन्त्य गर्न दुबै देशले मिलेर काम गर्नु पर्ने धारणा राखे । आफूसँगको भेटमा यहाँका नागरिक समाज र राजनीतिक दलका नेताहरुले हिन्दुत्व र हिन्दु राष्ट्रको विषयमा जिज्ञासा राखेको जानकारी दिदै उनले नेपालमा हिन्दु सस्कृति र संस्कार भए पनि यहाँ हिन्दु राज्य बनाउने वा नबनाउने भन्ने विषयमा नेपाली जनताले नै निर्णय गर्नु पर्ने र आफ्नो पार्टीको कुनै धारणा नरहेको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us