
चितवन, ९ भदौ – नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेतामुखीभन्दा जनतामुखी नेतालाई आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।
प्रेस युनियन चितवन शाखाले आइतबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा नेता केसीले नेताको वरिपरिमात्र घुम्ने उम्मेदवार जनप्रिय नहुने र जनप्रिय नभएको नेताले चुनाव जित्न नसक्ने बताए ।
मंसिर ४ गतेको निर्वाचनको विकल्प नभएको बताउँदै उनले निर्वाचनको वातावरण बनाउन सबै दललाई आग्रह गरे ।
शनिबार नेकपा–माओवादी नेतृत्वको मोर्चासँग वार्ता असफल भएको तर्फ इङ्गित गर्दै नेता केसीले असन्तुष्ट दलहरूका लागि वार्ताको ढोका भने बन्द नभएको स्पष्ट पारे ।