गोलमेच सम्मेलन भंग भएपछि विदेशीको चासो बढ्यो

काठमाण्डु टुडे २०७० भदौ ९ गते ८:३५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– राजनीतिक गतिरोध अन्त्यकालागि गोलमेच सम्मेलन गर्ने दलहरुबीचको सहमति भंग भएपछि कुटनीतिज्ञहरुको चासो बढेको छ । उच्चस्तरीय राजनीतिक समिति र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच शनिबारको वार्ता विफल भएपछि कुटनीतिज्ञहरुले नेपालमा चासो बढाएका हुन् ।

नेपालकालागि अमेरिकी राजदूत पीटर डब्लु बोडीले आइतबार विहान एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अबको राजनीतिक परिस्थितिबारे चासो व्यक्त गरेका छन् । भेटवार्ताकालागि अमेरिकी राजदूत बोडी प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए ।

भेटमा अध्यक्ष प्रचण्डले चुनावी प्रकृयाप्रति असन्तुष्ट वैद्य माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका थिए । उनले असन्तुष्ट दल सहमतिमा नआए पनि मंसिर चार गते नै चुनाव हुने बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us