कुनै हालतमा चुनाव सर्दैनः कोइराला

काठमाण्डु टुडे २०७० भदौ ८ गते १३:०२ मा प्रकाशित

चितवन, ८ भदौ । काँग्रेस सभापति सुशील कोइरालाले जस्तोसुकै परिस्थितिमा पनि आगामी ४ मंसिरमा संविधानसभा निर्वाचन हुने दाबी गरेका छन् ।

Sushil_koiralaप्रेस युनियन चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उनले कुनै पनि हालतमा निर्वाचन सार्न नसकिने बताए । मंसिरको निर्वाचन सारे मुलुक ठूलो दुर्घटनामा फस्ने दाबी उनको थियो । उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कोइरालाले निर्वाचन प्रक्रियामा सहमत दलसँग सहमति प्रयास भइरहेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पनि सहमतिमा आउने दाबी गरे ।

कोइरालाले गोलमेच सम्मेलनका नाममा केही मानिस भेला हुँदैमा मुलुकले निकास पाउने भ्रम त्याग्न माओवादी अध्यक्ष वैद्यलाई आग्रह गरे ।  निर्वाचनको ६ महिनामा संविधानको मस्यौदा तयार हुने र एक वर्षभित्र नयाँ संविधान जारी भइसक्ने ठोकुवा उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us